प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
न्यूयोर्कबाट दक्षिण अमेरिकी मुलुक कोस्टारिका जाने छन्। उनी शनिवार असोज १३ मा कोस्टारिकाको राजधानी सान जोसे जाने कार्यक्रम रहेको छ। कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभाराडो क्यूसाडाको मैत्रिपूर्ण निमन्त्रणामा प्रधानमन्त्री कोस्टारिका जान लागेका हुन्।
प्रधानमन्त्री कतार एयरको विमानबाट असोज १८ गते बिहीबार अपराह्न स्वदेश फर्कने छन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा १३ दिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्रिपरिषद्का वरिष्ठतम सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिइएको छ।
संविधान अनुसार राष्ट्रपतिले पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन्।
वर्तमान मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री रहेका छन्। पोखरेलसँगै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उपप्रधानमन्त्री हुन्। तर वरियतामा पोखरेललाई माथि राखिएको छ।