निर्मलाले ‘मालिका’ हेरेकी भए प्रतिकार गर्न सक्थिन् :: PahiloPost

255

काठमाडौं : रेखा थापा निर्देशित फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको प्रचार अस्त्रका रुपमा ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री रेखासँगै कर्णालीकी कमला ‌ओली प्रस्तुत छन्।

फिल्म लक्ष्मी पुजाको दिन रिलिज हुनेछ। बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषय फिल्ममा समेटिएको छ।  

छोरीको निम्ती स्वर्णिम नेपाल अभियानको अभियन्ता रहेकी रेखाले फिल्मले बहादुर बन्न सिकाउने बताइन्। उनले भनिन् ‘मेरा फ्यानहरु गाउँमा छन्। रियल हिरोहरु गाउँमा छन्। कर्णालीको कमला फिल्मको हिरो हो। उनको काम राम्रो छ।’

‘निर्मला पन्तले फिल्म हेरेको भए डिफेन्स गर्न सक्ने थिई। घट्ना घटिसक्यो। तर अब फिल्म हेरेपछि हर घरमा मालिका जन्मनेछन्’ थपिन्।

त्यस्तै फिल्मका लेखक नर बहादुर कार्की देशमा दिदीबहिनीहरुको अवस्था खराव रहेको बताए। उनले भने ‘देशमा दिदीबहिनीहरुको अवस्था खराव छ। त्यसका कारण मालिकाले खाज्ने प्रयास गरेको छ।’

ट्रेलर सार्वजनिक कार्यक्रममा कमलाकी आमा पनि उपस्थित थिइन्। फिल्ममा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द छ।

 

Source link