मुटु दिवसमा निःशुल्क जाँच

295

काठमाडौं ।
विश्व मुटु दिवसको अवसरमा नेशनल हार्ट फाउण्डेशन नेपालले शीर मेमोरियल अस्पताल बनेपाको सहयोगमा सो अस्पताल परिसरमा एकदिने निःशुल्क मुटु शिवीरको आयोजना गर्यो ।
फाउण्डेशनका अध्यक्ष तथा नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.शिवजी विक्रम सिलवालका अनुसार सो शिवीरमा ८१ जनाको मुटु परिक्षण गर्नुका साथै निःशुल्क इसिजि र इकोलगायतका परिक्षण पनि गरिएको थियो ।