चितवन। अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ।
कयर खोलाबाट अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर बोकिरहेको अवस्थामा ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएको हो।
दीपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट विना अनुमति माटो निकासी गरिरहेको थियो। खैरहनी र रत्ननगर नगरपालिकाले प्रतिट्याक्टर ६०० रुपैयाँको रसिद काटेर गिट्टी निकासीको व्यवस्था मिलाएको छ।
यी दुई नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर गिट्टी झिक्नका लागि टेण्डर समेत खुलाउने तयारी गरिरहेको अवस्था छ।
अवैध रुपमा गिट्टी र माटो निकासी गर्ने क्रम बढ्यो, ट्याक्टर नियन्त्रणमा, ब्यक्ति जग्गा खनियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।