युएईबाट साँगीतिक दुनियाँमा उदाईन सन्ध्या

298

भक्तपुर । कर्म क्षेत्र विदेशमा बनाए पनि नेपाली मनकी धनी सन्ध्या युएईको तापमा आफ्नो कर्म सेकाउँदै साँगीतिक दुनियाँमा लागी परेकी छन् ।
मोक्तान सन्ध्या(सुस्केरा)– (किशोरी लामा) रामेछापको दोरम्वा गाउँपालिका ७ थापागाउँ, साविक लखनपुर गाविस वडा नम्वर ७ मा बुबा बाबुकाजी माक्तान र आमा रेखा मायाँ घिसिङको कोखबाट जन्मनु भएकी उहाँ हाल युएईमा आफ्नो कर्मभूमि बनाउँदै साँगीतिक दुनियाँमालागी रहनु भएको छ ।
२०१६ मा “सन्ध्या” नामक पहिलो एल्वमबाट आफ्नो साँगीतिक दुनियाँमा आधुनिक गीत , तामाङ गीत र तामाङ सेलो लियर साँगीतिक दुनियाँमा प्रवेश गर्नु भएकी सुस्केराले हाल सम्म दर्जनौं गीत संगीतमा आफ्नो योगदान दिई सक्नुको छ । उहाँ सँग गरिएको छोटो कुराकानी यस्तो रहेको छ ।

हाल के मा ब्यस्त रहनु भएको छ ?
हाल सामाजिक काममा नै ब्यस्त रहेको छु । आफ्नै गाउँमा रहेको श्री भिमेश्वर माध्यमिक विद्यालय पून निर्माण एवं जमिन खरिदको लागी सहयोग जुटाउने काममा ब्यस्त रहेको छु ।
सामाजिक काममा रहनु भएको छ, गीत संगीतको क्षेत्रमा कसरी समय दिई रहनु भएको छ ?
काम सँग सँगै भएको सवै समय गीत सँगीतमा नै दिने गरेको छु ।
विदेशमा बस्नु हुन्छ समय कसरी मिल्छ त ?
विदेशमा भएपनि हप्तामा दई दिन छुट्टी मिल्छ त्यसमा एक दिन स्टेज कार्यक्रम आदिको लागि समय दिन्छु भने एक दिन साँगीतिक क्षेत्रमा आफूले आफैंलाई निखार्न समय मिलाउँदै आएकी छु ।
नेपाली गीत सँगीतलाई विदेशमा बसेर योगदान दिदै आउनु भएको छ कस्ता कठिनाई हरु रहेका छन् ।
संगीतकारको लागि नेपालमा नै एरेन्जको दिनु पर्ने बाध्यता छ , विदेशमा अरुको भूमिमा लुकि छिपी नै भिडियो गर्नु पर्ने बाध्यता अनी उतै सबै काम गर्न कठिनाई, पैसाको हिसावमा पनि महँगो पर्ने , भाषाको समस्या आदि कारणले गर्दा विदेशबाट साँगीतिक दुनियाँमा नै कायम रहन ठुलो कठिनाई भने रहेको छ । यसलाई समस्या मात्र देख्ने हो भने कहि गर्न सकिन्न भनी विस्तार यसमा टिकी रहेको छु । कठिनाईको बाबजुत पनि साँगीतिक दुनियाँमा आफूले केहि गर्नु पर्छ भनी लागी नै रहेको छु ।
हाल सम्म कति बटा एल्बम निकाल्नु भयो ?
दुई बटा भए सन्ध्या र सुस्केरा गरी । जसमा पहिलोमा ३ वटा गीत रहेका छन् अर्कोमा भने ७ वटा गीत रहेका छन् । पहिलो एल्वम नेपालबाट नै लन्च गरेको हो भने दोस्रो भने दुवईबाट नै लन्च गरेकी हुँ । जसमा ९ वटामा आफ्नै शव्द रहेको छ भने तामाङ सेलोमा भने मिलन लामा मात्तानको शव्द रहेको छ ।

विदेशमा बस्नु हुन्छ नेपाली कला र साँस्कृति एवं साँगीतिक दुनियाँ लाई कसरी संयोजन गरि रहनु भएको छ ।
विदेशमा रहे पनि नेपाली तन मन भने नेपालीमा नै रहने रहेछ । यहाँ हुँदा बरु आफ्नो भेषा भुषा देखी लिएर अन्य कुराको मतलव हुँदैन तर विदेशमा रहँदा भने आफ्नो भेष भुषा कला संस्कृतिको ठुलो महत्व रहने, यसमा आफूहरु लाग्दा नेपालमा नै भए जस्तो भान हुने, नेपाली गीत संगीत एव कलाकारीताको महत्व विदेशमा झन बढि रहने भएका कारण पनि विदेशी भूमिमा साँगीतिक दुनियाँलाई समय मिलाई रहेको छु । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास्ट)मा पनि आवद्द छु यसले गर्दा अरु कलाकारहरु सँग पनि सम्पर्क भेटघाट हुन्छ कठिनताका माझ पनि सहज नै रहने गरेको छ ।

तपाईले सँगीतलाई कसरी लिनु भएको छ ?
दुःख सुखको साथीका रुपमा जीवनलाई खुसी बनाउने आधारको रुपमा संगीतिक दुनियाँलाई लिएको छु ।
आगामी दिनमा नयाँ गीत ल्याउँदै हुनु हुन्छ की ?
नयाँ तामाङ आधुनिक गीत आफुनै शव्द र स्वरमा ल्याउने तरखरमा रहेको छु । छिटै नै बजारमा ल्याउने तयारीमा जुटेका छौं ।
अन्तमा के भन्न चाहनु हुन्छ ?
गीत संगीत लेख क्षेत्रलाई निरन्तरता दिदै सामाजिक सेवाको कामलाई पनि सँगै लैजाने अठोट रहेको छ । यसको लागि सवैको साथ सहयोगको अपेक्षा गर्दछु ।