नेविसंघको अध्यक्षमा नवराज त्रिपाठीको सम्भावना

2731

भक्तपुर । नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा नवराज त्रिपाठीको अध्यक्षमा बढि सम्भावना रहेको छ  ।

विद्यार्थी राजनीतिमा आर्थिक चलखेलको विरोध गर्दै आउनु भएका त्रिपाठी भावी अध्यक्षका योग्य उम्मेद्वार हनुहुन्छ ।

विद्यालय शिक्षा देखि नै नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमा सक्रिय उहाँ २०६५ सालको स्ववियू निर्वाचनमा नेपाल इन्जिनियरिङ कलेजका स्ववियू सचिव हाल केन्द्रिय सदस्य एवं पोखरा विश्व विद्यालय संयोजक पनि रहनु भएको छ ।

विद्यार्थी राजनीतिलाई डीजीटलाईज गर्नु पर्छ भन्दै नेपालमा नै पहिलो पटक विद्यार्थी राजनीतिज्ञहरुको डीजीटल मिटिङ गराउनेमा उहाँ रहनु भएको छ । आधुनिक प्रविधिको भरपुर उपयोग गर्दै अवको नयाँ नेतृत्वको विकास गर्नु पर्ने माग राख्दै आउनु भएका उहाँ एक योग्य विद्यार्थी नेता रहनु भएको छ ।

नेविसंघको विद्यार्थी राजनीतिलाई ३२ वर्षिय उमेर हदले बार लगाएपछि कुन्दन काफ्लेको उत्तराधिकारीका रुपमा उहाँलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ ।

नेपाल इन्जिनियरिङ कलेज बचाउ अभियानका अभियन्ता एवं नेक प्रालि खारेज गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने त्रिपाठी नेविसंघका नायक नै भन्दा पनि अतियुक्ती नहोला ।

काभ्रेमा जन्मनु भएको त्रिपाठी बारा जिल्लाको सिमरा जितपुरका स्थाई बासिन्दा हुनु हुन्छ । उहाँलाई डीजीटल काँग्रेसको अभियन्ताका रुपमा चिनिने गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल ईन्जिनियरिङ गर्नुभएका उहाँ सरल स्वाभाव एवं नेतृत्व लिन योग्य रहनु भएको छ ।