जनस्वास्थ्य संघको ध्यानाकर्षण

321

असोज मसान्तसम्म मुलुकभरीका ७७ जिल्लाका जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयहरु यथावत रहने या प्रदेशमा गाभ्ने विषयमा सरकारले मंगलबारसम्म कुनै निर्णय नगरेकोमा नेपाल जनस्वास्थ्य संघले यथाशिघ्र निर्णयको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
गत बैशाख र असार महिनामा गरि २ पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३÷३ महिनाको म्याद थप्दै हाललाई जिल्ला स्वास्य कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय यथावत रहने गरि निर्णय गरेको थियो । असारमा ३ महिनाको लागि थपिएको म्याद भोलि असोज ३१ गते बुधबार सकिने भएकोले त्यसपछि के हुन्छ भन्ने विषयमा अन्यौलता छाएको छ ।
नेपाल जनस्वास्थ्य संघका नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण भट्टद्वारा जारी गिरएको विज्ञप्तीमा सरकारले मंगलबार या बुधबारसम्म सो विषयमा तत्काल निर्णय गरि यसबारे देखिएको अन्यौलताको अन्त्य गर्न सरकारसंग आग्रह गरिएको छ ।
संघका नवनिर्वाचित महासचिव धादिंग जिल्लाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले कुनैपनि हालतमा सरकारले बुधबारसम्म यसबारे निर्णय नगरेमा सबै जिल्लाका जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय, मेडिकल स्टोर, क्षेत्रीय प्रयोगशाला र तालीम केन्द्रका कामहरु ठप्प हुन जाने बताएका छन् ।