ओस्ला सहकारी आठौं साधारणसभा सम्पन्न

400
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ दथुटोलस्थित ओस्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भयो ।
संस्थाका कार्यवाहक अध्यक्ष रोशन बज्राचार्यको सभापतित्वमा आयोजित कार्यक्रमको परम्परागत नृत्य एवं वाद्यगुरु श्रीगोपाल प्रजापतिले आठवटा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
ओस्ला साकोसका संस्थापक अध्यक्ष एवं मथिनपाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिको संस्कृति संरक्षण र उत्थानमा पु¥याएको योगदानको चर्चा गर्दै पुस मसान्तसम्ममा सहकारी ऐन पारित गरेर आगामी माघदेखि लागु गर्ने बताउनु भयो ।
काठमाडौं उपत्यका नगरपालिका संघको सचिव समेत रहेका नगरप्रमुख श्रेष्ठले मथिनपाभित्र संचालित १ सय ४२ वटा सहकारीहरुले आप्mनो स्थापना कालदेखि हालसम्म राजस्व नपामा बुझाएर नगरको विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो ।
ओस्ला साकोसका अध्यक्ष रोशन बज्राचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य १३ सय २० र शेयर पुँजी १ करोड ५५ लाख ५ हजार ४ सय पुगेको बताउनु भयो ।
संस्थाका सचिव दिकेश बज्राचार्यले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै कार्तिक महिनाभर रु. एक सयमा नै खाता खोलेर ओस्ला साकोसको सदस्य बन्न सक्ने योजनाबारे जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष सुशील जोशीले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७४र७५मा १५ लाख २२ हजार ५ सय ४४ रुपैया खुद नाफा भएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाजु, मध्यपुर थिमि नपा ४ का वडाध्यक्ष कुमार श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले सहकारी संस्थाहरुले आर्थिक उन्नति, सामाजिक विकासका साथै शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणमा योगदान दिईरहेको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा मध्यपुर थिमिको ऐतिहसिक महाकाली नाच, थिमि भैरब नाच एवं उक्त नाचहरुका गुरुहरुलाई विशेष सम्मान गरियो ।
त्यसैगरी गत असोज ९ गते थिमिमा जिब्रो छेडाएका साहसी व्यक्ति बालकराम श्रेष्ठलाई पनि नगद सहित सम्मान गरियो । कार्यक्रममा प्रशंसा श्रेष्ठ, पुष्पा भण्डारी, रेश्मा श्रेष्ठ लगायतका बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
शंखधर पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा संस्थाका लेखा संयोजक दिवेश श्रेष्ठ, सञ्चालक सदस्य धनलक्ष्मी श्रेष्ठ, नन्द श्रेष्ठ लगायतले ओस्ला साकोसको गतिविधि एवं भावी योजनाबारे चर्चा गर्नुभएको थियो ।