महिला हिंसा र समाधान, सन्धर्व महिला हिंसा अन्त्यकालागि दिवस

612

नेपालमा धेरै परिवर्तन भए। नेपाली राणकालीन समाज प्रजातान्त्रिक व्यवस्थामा परिणत भयो। पञ्चायती अनि संसदीय व्यवस्था हुँदै आज गणतान्त्रिक समाजको रूप लिएको छ। आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को सरिसकेको छ। यतिसम्म कि यो पृथ्वीको विकल्प खोजिरहेको छ। वास्तवमा परिवर्तन यतिबेला मात्र भएको हुन्छ जतिबेला प्रत्यक्ष व्यवहारमा परिवर्तनको महसुस हुन्छ। कतिपय कुरामा परिवर्तनको महसुस गरिए होला तर कतिपय कुरा त्यो परिवतर्टनको महसुस विल्कुलै गर्न सकिएको छैन। हाम्रा समाजका परम्परागत संरचना र सोँचलाई त्यस्ता परिवर्तनले कुनै लखरपाटो लाउन सकेनन् भन्ने आभास भएको छ। यतिबेला विवेकशील भनिएको मानवबाट सञ्चालित छ हाम्रो समाज। तर पनि तिनै परम्परागत संरचना र सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन्। त्यसको एउटा ज्वलन्त उदाहरण हो महिला हिंसा।

महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुटिरहेको छ। त्यसैले यो एउटा जघन्य अपराध हो। चरम महिला हिंसाको नियति भोगिरहेको छ हाम्रो समाजले आज। राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय महिला हिंसाकै विरुद्धमा सडकमा छन् यतिबेला। यो एउटा प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ। त्यसैले महिला हिंसा के हो – जान्न जरूरी छ। महिला हिंसाको घटनालाई १५ स्वरूप  विभाजन गरिएको पाइन्छ। जस्तै : बलात्कार, घरेलु हिंसा, हत्या (कुटपिट), बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउनेदेखि जिस्क्याउनेसम्मका घटना यसमा पर्दछन्।

महिला मुक्तिको अन्तर्राष्ट्रिय १६ दिने अभियानकै दौरानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै महिला हिंसाका घटना डढेलो सल्किएजस्तै सल्किए। त्यसैबेला महिला अधिकारकर्मीहरू, महिला हिंसाका घटना घटिरहेका छन् भन्दै तथ्याड्ढ पेश गरिरहेका थिए। कहालीलाग्दा महिला हिंसाका घटना जब दिनानुदिन बढ्दै गए तब ती अधिकारकर्मी र राज्य प्रशासन झस· भए। पितृ सत्तात्मक सामजिक संरचना, परम्परागत रुढीवादी सोँच साथै अन्य विभेदकारी सामाजिक संरचनाले गर्दा महिलाले आफूहरूलाई सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा दोस्रो दर्जामा राखिएको, घिनलाग्दो दानवीय व्यवहार गरिएको, सम्पूर्ण अधिकारबाट वञ्चित हुनुपरेको तथा हरेक तबरले असुरक्षित रहेको महसुस गरिरहेका छन्।

आजभोलिका सबै समाचार बुलेटिन तथा पत्रकारिता महिला हिंसाका घटनाले भरिएका छन्। यसले महिला हाम्रो समाजमा कति असुरक्षित छन् भन्ने कुराको पुष्टि गरिहेको छ। महिला भएकै कारणले कतिबेला कहाँ कुन हिंसाको कालो कोठरीमा पुग्छु भन्ने कुराको सन्त्रासमा बाँचिरहेका छन् महिलाहरू। केही महिला हिंसाका घटना मात्रैले महिला हिंसाका घटनामात्रैले पनि यो प्रष्ट हुन्छ। जस्तै अध्यागमनमा विदेशबाट फर्किएकी महिलालाई अध्यागमनकै कर्मचारीहरूले लुटपाट मच्चाए र प्रहरीबाट नै बलात्कृत भइन्, भैरहवामा एक महिलाको तीन दिनसम्म बन्दी बनाइ सामूहिक बलात्कार भयो, बर्दियामा एक बालिका परिवारबाटै पेट्रोल र्छकेर जिउँदै जलिनु पर्‍यो पछि उनको मृत्यु भयो, सप्तरीमा बाह्र बर्षीया बलात्कृत भइन्, बुटवलमा बसभित्र १५ वर्षीया बालिकाको सामूहिक बलात्कार गरियो, एक श्रीमानले श्रीमतीको शरीरमा उम्लिाएको पानी खन्याइदिए, भारतमा एक विद्यार्थीको प्रेमीबाट खोसेर बलात्कार गरियो पछि उनको मृत्यु भयो।

यस्ता घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता घटना हाम्रो समाजमा हजारौं घरिरहेका छन्। महिला अधिकारकर्मीका अनुसार जम्मा १० प्रतिशत यस्ता घटना बाहिर आउने गरेका छन्। बाँकी ९० प्रतिशत घटना घरपरिवारको दबाब, इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर तथा चेतनाको अभाव आदिको कारणले बाहिर आउँदैनन्।

अर्कोतर्फ यो एक्काईसौं शताब्दीमा पनि महिलाहरू वस्तुको रूपमा रुपैयाँमा बेचिने गरेका छन्। भारतमा नेपलाीहरूबाटै सञ्चालित कोठीमा नेपाली चेलीबेटी बेचिने गरेका समाचार आइरहेका छन्। कुरा यति मात्र फरक हो कि – महिला बेचबिखनको शैली फेरिएको छ। तर बेचबिखन रोकिएको छन। यसरी हाम्रो मसाजमा महिला हृयविदारक अवस्थामा बाँच्नु परिरहेको छ। उनीहरू राज्य प्रशासनबाटै सुरक्षित छैनन्। आफ्नै घर परिवारबाट सुरक्षित छैनन्। आफन्त भन्नेबाट नै सुरक्षित छैनन्, आफ्नो घर आँगन तथा छरछिमेकमा नै सुरक्षित छैनन्।

समाज कल्याण परिषद् २०३४ देखि यता महिला मुक्तिको नारा दिएर दर्ता भएका नारी अधिकारवादी सङ्घसंस्था २ हजार पाँच सयको हाराहारीमा छन्। यसको अलवा महिला अधिकारको पक्षमा स्वयं राज्य प्रशासन छ। मानव अधिकारवादी छन्। राजनीतिक दल छन्। अन्तर्राष्ट्रिय सङ्घसंस्था छन् अनि समाजसेवी पनि छन्। के गरिरहेका थिए त यी सबैले जबकि महिला हिंसा चरम उत्कर्षमा पुगेको छ। जति परिणाममुखी पहल हुनुपर्थ्यो त्यो निश्चय पनि भएको छैन। तर पनि कानमा तेल हालेर बसिरहेका छन् भन्न मिल्दैन। आखिर धेरै थोरै पहल त भएकै हुन्। कति पहल अनौपचारिकतामा सीमित भए। कति कागजी रूपमा मात्रै बन्धक भए। केही पहल वास्तवमै परिणाममुखी भए होलान् तर त्यसको कुनै जस पाउने स्थिति रहेन।

महिला अधिकार सुरक्षित गर्न र महिला हिंसाजस्ता जघन्य अपराध रोक्न दीर्घकालीन उपाय के हुन सक्छन् त ? यो प्रश्नको जवाफ कुनै एउटा व्यक्ति, समाज वा संस्थाले मात्रै दिन सक्दैन। राज्यले अन्य निकायको तुलनामा अधिक भूमिका खेल्नु अनिवार्य छ तर राज्यले पनि सर्वपक्षीय सहयोगबिना केही गर्न सक्दैन। महिलाका समस्या सबैका साझा समस्या हुन् र यसको समाधान गर्न पनि समाजका सम्पूर्ण पक्षको सहकार्य जरूरी छ।

महिला हिंसा रोक्ने केही दीर्घकालीन उपायमा निम्न उपाय अनिवार्य छन्।

पहिलो, महिला आफै सचेत हुनु जरूरी छ। महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै हो। महिलालाई उनीहरूको अधिकार के हो ? कहाँ र कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा सिकाउनुपर्दछ। जसको लागि राज्य र अन्य सरोकारवाला सबैले परिणाममुखी योजना र कार्यक्रम ल्याउन जरूरी छ। जुन योजना र कार्यक्रम, सदरमुकाम मात्रै बजेट सिध्याउन नभइ समाजका हरेक महिला महसुस गर्ने गरी हरेक गाउँ अनि घरमा पुग्नु आवश्यक छ। जसबाट महिलालाई हिंसाविरुद्ध वैचारिक तथा भौतिक प्रतिकार गर्न सक्ने बनाउनुपर्दछ।

दोस्रो,राज्यको प्रत्यक्ष अनुभूति। महिला हिंसाविरुद्ध लड्न, महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच हुनुपर्दछ। जबकि महिलाको आवाज सुन्ने छैन भन्न नपरोस्। त्यस्तै राज्यको उपस्थिति भए पनि पूर्वाग्रह न्याय दिन सक्नुपर्दछ। होइन भने महिला राज्यबाट नै हिंसा महसुस गर्नेछन् र हिंसाको सिकार भइरहन बाध्य हुनेछन्।

तेस्रो, महिला हिंसाविरुद्धको कारबाही। महिला हिंसा गर्नेलाई हुने गरेको फितलो कारबाहीको कारण महिला हिंसाले प्रश्रय पाइरहेको छ। त्यसैले महिला हिंसा गर्ने जो कोहीलाई पनि यस्तो कारबाही हुनुपर्छ जुन कारबाहीको कारण अरु कसैले हिंसा गर्ने कुरा सोच्न पनि नसकोस्। जसको लागि राज्यल कानुनी प्रावधानलाई दोष दिनु हुँदैन। हाम्रो कानुनमा कानुनी प्रक्रिया र व्यवस्थामा जटिलता र सीमितता रहेका छन्। त्यसैले सरकारले महिला कानुन बनाइ प्रभावकारी कार्यान्वयन गर्नु अनिवार्य छ।

चौथो, महिला साझा सङ्गठन। हरेक समुदायमा महिलाको अधिकार बहाली तथा सुरक्षाको निम्ति सक्रिय रूपमा काम गर्न सक्ने गरी ‘महिलाको समस्या साझा समस्या’ भन्ने नाराका साथ अनिवार्य सा·ठनिक संरचना निर्माण गर्नु आवश्यक छ। उक्त सङ्गठनहरूले महिला सरोकारका विषयलाई सञ्चार माध्यमसम्म पुर्‍याउन भूमिका खेल्नु जरूरी छ।

पाँचौं, महिलासँग मिडिया कार्यक्रम। महिला हिंसाको विरुद्धमा सञ्चार माध्यमले सत्य, तथ्य समाचार दिइरहेका छन्। जुन राम्रो कुरा हो। सञ्चारमाध्यम, विकसित, सभ्य, सुरक्षित चेतनशील समाज निर्माण गर्ने स्तम्भ हो। सञ्चारले आफ्नो भूमिकालाई हरेक तहमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता हो। त्यसैले, अझै प्रभावकारी तरिकाले महिला सवाललाई समाज र राज्यका हेरक तहमा समन्वयात्मक भूमिका खेल्नुपर्दछ।

छैटौं, पुरुषको भूमिका। महिला र पुरुष एउटै रथका दुर्इ पाङ्ग्रा हुन्। जसरी सवारी साधन गन्तव्यमा पुर्‍याउन एउटा पाङ्ग्राले अर्को पाङ्ग्रालाई सहयोगीको भूमिका खेल्छ त्यसरी नै महिला हिंसा निर्मूलकरणमा पुरुषको भूमिकमा सहयोगी हुनु आवश्यक छ। जुन अहिलेको समाजा देखिने मौखिक सहानुभूति नभई, व्यवहारिक रूपमा रचनात्मक सहयोग गर्नुपर्दछ।

सातौं, महिलाको लागि महिला। महिलाको समस्यामा महिला रमिते बनेर हैन कि भोलि मलाई पनि पर्छ भन्ने सोची महिला हिंसा रोक्न सहयोग गर्नुपर्दछ। तर महिलाको साझा समस्या महिला नै रमिते बनिदिने र कुरा काटेर समाजमा साँघुरो सोचाइ प्रदर्शन गरिदिँदा महिला हिंसाले प्रश्रय पाइरहेको छ।

आठौं, महिला हिंसा सहभागिता तथा आत्म निर्णयको अधिकार। राज्य प्रशासन तथा समाजका अन्य तहमा महिलाको प्रतिनिधित्व वा प्रभाव प्रायः शून्य जस्तै छ। जसले गर्दा महिलाहरू समाजमा कमजोर बन्दै गइरहेका छन् र हिंसाजन्य अपराध भोग्नु परिरहेको छ। हाम्रो समाजमा महिला वास्तवमै आफैबाट सञ्चालित छैनन्। मानसिक तथा शारीरिक रूपमा महिला स्वतन्त्र हुन जरूरी छ। त्यसको लागि राज्यले दीर्घकालीन नीति तथा योजना बनाइ नतिजामुखी कार्यान्वयन आवश्यक छ।- लोकप्रकाश पौडेल,आदर्श समाज राष्ट्रिय दैनिक

 

महिला हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?

उषा पोखरेल
केन्द्रीय सदस्य
मानव अधिकार एलायन्स, राजविराज
राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताकाआधारमागरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारणहोस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ ।आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाटमहिलाहरू वन्चित छन् ।

महिलाको मानव अधिकारको उल्लङ्घनको प्रमुख विषय महिला माथिको हिंसा पनि हो । त्यसमापनि दाइजोप्रथाका कारण महिलामाथि अत्यधिक हिंसा हुने गर्दछ । तराईमा त परम्परा र लोकलाजका कारण धेरैजसोदाइजोका नाममा हुने हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् । घटना सार्वजनिक गर्दा महिलाले थप मानसिकतथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सृजना हुने हुँदा दहेजका कारण हुने हिंसाका घटना बाहिर आउँदैनन् ।दाइजोको कारण परिवारबाट हिंसाको शिकार बन्नुपर्दा महिलाले ज्यानै गुमाएका घटनाहरू पनि बेला बखतमासार्वजनिक हुने गरेको छ । घर निकाला गरिनु, जीउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवारबाट शारीरिक तथामानसीक यातनाको शिकारबन्नु हिंसा पीडित महिलाको नियति बन्ने गरेको छ । सन २०१० को शुरूको तीनमहिनामा सप्तरी जिल्लामा तीन जना महिलाको हत्या भयो । त्यसमध्ये दुई जना महिला त दाइजोकै कारणपतिद्वारा मारिएका छन् ।

आधुनिक विज्ञानको विकाशसँगै नयाँ पुस्तामा आएको सचेनताका कारण यसलाई थोरै चिर्न खोजिए पनिपरम्परागत मान्यता र अन्धविश्वासका कारण सदियौँदेखि जरा गाडेर रहेको बोक्सी प्रथा समाजमा अद्यावधिकायमै छ । बोक्सीको आरोपमा महिलामाथि हुने ज्यादतीका घटना मानवअधिकार आन्दोलनकालागि समेतचुनौती बन्ने गरेको छ ।

पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँदेखि विभेदको शिकार हुँदै आएका नेपाली महिलाउपर हुनेज्यादतीकोक्रममा प्रयोग हुने शब्द हो बोक्सी । केही अपवाद बाहेक कुनै पनि पुरूषलाई बोक्सी भनिँदैन । बोक्सीको आरोपलाग्ने हरू प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन् । अझ एकल महिलाहरू यसको बढी शिकारहुन्छन् । अर्थात आर्थिक रूपले विपन्न त्यसमापनि एकलमहिलाहरू बोक्सीको आरोपमा प्रताडित हुने गरेको छन्। रूपले सुन्दर, पढेलेखेका, र सम्भ्रान्त परिवारका कुनैपनि महिलालाई बोक्सी भनिएको एउटा पनि उदाहरण छैन।

समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् र महिलामाथि हुनेहिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल बिबाह प्रथाको अन्त्यगरिनुपर्छ । त्यसका लागि महिला हिंसा विरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडाकारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कमगर्न सकन्छ ।

ललिता भट्टराई
सम्पादक, फेवा साप्ताहिक, विराटनगर
नेपाली महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनिअधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमानलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन । घरको काममा अल्झाई राख्ने, वस्तुभाउहेर्न पठाउने गर्नाले पुरूषको तुलनामा महिला अशिक्षित छन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार रअस्तित्ववाट विमुख हुनु परेको छ । शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् ।हिंसा घरैबाट उत्पन्न हुने गरेको छ। यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ । महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ ।
पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाईजो नल्याएका कारण यातनासहनु परेको उदाहरण थुप्रै भइसकेका छन् । बोक्सीको आरोप लगाएर घर निकाला गरेका घटना मोरङकामहिलाले सहने गरेका छन् । बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, चेलीबेटी बेचविखन रओसारपसार, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो रहेको छैन । हिंसाका विरूद्ध जवसम्मप्रभावकारी कानून लागू हुँदैन तबसम्म न्याय र मुक्ति मिल्दैन ।राज्यको संरचनाले नै महिलाहरूको सही रन्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउननसकेको हो ।

दोहोरो जिम्मेवारी बहन गर्ने महिलाको अधिकारलाई मानवअधिकारका रूपमा सुनिश्चित गर्न सकेहिंसा स्वतःनिर्मुल हुन्छ भन्न दुईमत छैन । महिलाले पनि आफुलाई साँघुरो घेरा भित्र राख्न खोज्नु हुन्न । हजारौँ. वर्षौसामन्ती विचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोचको दिमाग परिवर्तन गराउन महिलाहरू पनि एक हुनुजरूरी छ । नेपालको अन्तरिम संविधान २०६३ को मौलिक हक अर्न्तगत धारा २० ले महिलाको हकमा कुनैपनिमहिला विरूद्ध शारिरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्यकानूनद्वारा दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ ।

मञ्जिता उपाध्याय
का.मु. जिल्ला संयोजक
ओरेक नेपाल, मोरङ
महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्वदेखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिलाभएकैकारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू रदुर्व्यवहारलाई बुझाउँछ ।

रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलतार शरीरमाथि अरूले नियन्त्रणगर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था छ ।

मोरङ जिल्लामा देखिएका महिला हिंसाको स्वरूपहरूमा महिला माथि गरिने कुटपिट, मानसिक यातना, गालीगलौज, घरेलु हिंसा, जवरजस्ती करणी, बैवाहिक बलत्कार, एसिड खन्याउने, बोक्सीकोआरोपमा दुर्व्यवहार,बहुविवाह, वालविवाह, प्रेमको नाममा धोका, मानव बेचविखन तथा ओसारपसार, हाडनातामा करणी, वैदेशीकरोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन आदि देखिएको छ । जस्तैः बोक्सीकोआरोपमा महिलाहरूलाई गाउँ निकाला गर्नु , पारिवारिक रिसइवीको कारण ३ वर्षे बालिकादेखि ६५ वर्षे बृद्ध महिलासमेत बलात्कृत भएका छन् ।

ओरेक नेपालले सन् २०१० जनवरीदेखि मार्चसम्म गरेको एक अध्ययनमा पूर्वाञ्चलका सात जिल्लामा ७६ वटाघटना अभिलेख गरिएको छ । महिला हिंसाका घटना शहरको तुलनामा गाउँमा बढी भएका छन् । उमेरकोआधारमा हेर्दा ३ वर्षदेखि ६५ वर्षसम्मका महिलामाथि हिंसा भएको छ । पेशाको आधारमा हेर्दा घरभित्र काम गर्नेमहिला र मजदुर महिलामाथि हुने हिंसा बढी छ । हिंसाको कारणमा सामाजिक परम्पराको कारण सबैभन्दा बढीमहिला माथि हिंसा भएको पाइयो ।

महिलामाथि हुने हिंसा विवाहित महिलालाई भएको र महिलामाथि हुने हिंसा आफ्नै श्रीमानबाट हुने गरेको पाइयो। हाल महिलाहरूले आफूमाथि हुने हिंसालाई बाहिर ल्याउन थालेको अवस्था छ । तर कानून कार्यान्वयन गर्नेनिकाय र न्यायिक निकायमा हुने ढिलाई, सम्वेदनशीलताको कमी, प्रक्रियागत जटिलता, पीडितमुखीन्यायप्रणालीको अभाव र आर्थिक भार पीडितले नै व्यहोर्नुपर्ने आदि समस्याका कारण महिलामाथि हुने हिंसामान्याय नपाएको अवस्थाहरू रहेको छ ।

पार्वती पाण्डे
कपिलवस्तु
कपिलवस्तुमा महिलामाथि हुने हिंसाका घटना रोकिएका छैनन् । महिलाहरू धैरै प्रकारका हिंसाबाट ग्रसित छन्त्यसमा पनि अधिकांश महिलाहरू घरेलु हिंसाबाट प्रताडित बनेका छन् ।

महिलाहरू दाइजो कम ल्याएकै कारण घरपरिवार र श्रीमान्बाट अपहेलित हुने, कुटपिट र यातनाको शिकार हुनेगरेका छन् । दाइजो कम ल्याएकै कारण घरबाट निकालिनुपर्ने, परिवारका सदस्य मिलेर हत्या गर्ने समेतकाघटना हुने गरेका छन् । पहिलो श्रीमतीलाई विवाह दर्ता र नागरिकता नबनाइ दिँदा उनीहरू सम्पति पाउनबाटवञ्चित भएका छन् । प्रहरी महिला सेल कपिलवस्तुका अनुसार घरेलु हिंसाका ९० प्रतिशत घटना सार्वजनिकहुँदैनन् । घरेलु हिंसाका १० प्रतिशत घटनाहरू मात्र प्रहरी प्रशासनमा आउने तर ती निकायमा राजनीतिक प्रभावपारेर वास्तविक पीडितले न्याय नपाउने अवस्था रहेको महिला हिंसाविरूद्ध कार्यरत साथी संस्थाले जनाएको छ ।

अधिकारकर्मी महिलाहरूले पीडित महिलालाई न्यायका लागि सम्बन्धित निकायमा पुर्‍याउन नपाउँदै कुनै न कुनैराजनीतिक दलका कार्यकर्ताको दवाव प्रहरी प्रशासनमा पुगीसक्ने भएकाले पीडित महिलाहरूको न्याय नहुनेउनीहरूको गुनासो छ । महिलाहरूमा कानुनी ज्ञान नभएका कारण उनीहरू पीडा लुकाएर बस्न बाध्य छन् ।महिला हिंसाका घटनामा राजनीतिक दलहरूले पीडकको संरक्षण नगर्ने र प्रहरी प्रशासनले निष्पक्ष भई काम गर्नेहोभने पीडितले न्याय पाउन सक्ने अवस्था छ ।

बिना सिलवाल
महिला मानवअधिकारकर्मी, कास्की
हाम्रो जस्तो आर्थिक समाजिक पछौटेपनले ग्रसित पितृसत्तात्मक समाजमा महिलाहरूको अवस्थाको बारेमा कुरागर्दा जहिले पनि महिला हिंसा जोडिएर आउने गर्दछ । पहाडदेखि तराईसम्म, उच्च घरानियादेखि सुकुम्बासीझुपडीसम्म र राजनेतादेखि मतदातासम्म जहाँसुकै, जोसुकै बाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाकोजोखिममा महिलाहरू बांचिरहेका छन् ।

छोरी वा छोरा भएर जन्मिएकै कारण जन्मँदा नै प्राकृतिक उपहारको रूपमा लिएर आएका केही कुराहरू छन् जुनचाहेर पनि परिवर्तन गर्न सकिँदैन र यस सृष्टिको नियमलाई निरन्तरता दिनका लागि परिवर्तन गर्न हुँदैन पनि ।यसलाई हामी प्राकृतिक लिङ्ग भन्दछौँ । जुन कुराहरू प्रकृतिद्वारा निर्धारित, अपरिवर्तनीय र सर्वव्यापक हुन्छन् ।त्यसरी आमाको कोखमा गर्भ धारण गरेदेखि नै छोरा वा छोरी भएर गर्भधारण गरेको वा जन्मिएको कारणजन्मदाता, परिवार र समाजले हेर्ने दृष्टिकोण, गर्ने व्यवहार फरक हुनुका साथै फरक फरक सामाजिक जिम्मेवारीबहन गर्नुपर्ने हुन्छ । जुन कुरा सामाजिकीकरणको प्रक्रियाले निर्धारण गर्दछ ।

महिला हिंसासँग जहिले पनि सामाजिक लिङ्ग जोडिएर आउने गर्दछ । जहाँ समाजले निर्धारण गरेकोमूल्यमान्यता, रीतिरिवाज, चालचलन, धर्म संस्कृति र संस्कारलाई व्यवहारमा उतार्ने क्रममा पितृसत्तात्मकसमाजमा सामाजिकीकरण भएका पुरूषहरू र पितृसत्तात्मक सोचले ग्रस्त केही महिलाहरूले महिलालाई प्राकृतिकलिङ्गको रूपमा हेरेर समाजको समान नागरिकको रूपमा व्यवहार नगर्दा हिंसा निम्तने गर्दछ । बिभिन्नअध्ययनहरूले देखाएअनुसार हरेक पाँच महिलामध्ये कम्तीमा दुई जना कुनै न कुनै प्रकारको हिंसाको मारमापरेका हुन्छन् । विकासोन्मुख देशहरूमा असाध्यै प्रकारका महिला हिंसा हुने गरेको भएतापनि केवल कुटपिट, तथाबलात्कारलाई मात्र हिंसाको रूपमा हेरिने गरिन्छ । नेपाली समाजलाई विश्लेषण गरेर हेर्ने हो भने प्रशस्तै मात्रामाशारीरिक, मानसिक संवेगात्मक, आर्थिक र यौनजन्य हिंसा हुने गरेको छ । पुरूषहरू आफैँले वा पितृसत्तात्मकसोचको शिकार भएका केही महिलाहरूले महिलाहरूलाई हेला गर्ने/हेप्ने, कुटपिट गर्ने, जोखिमपूर्ण काममा लगाउने,एक्लै हिँडडुल गर्न नदिने, पोषणयुक्त र पेटभरी खान नदिने, तिरस्कार गर्ने, बेइज्जत गर्ने, बेवास्ता गर्ने जस्ताव्यवहारका कारण महिलाहरू शारीरिक मानसिक र संवेगात्मकरूपमा कमजोर हुने गरेका छन् । समाजले पनिसम्पति माथिको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति जस्ता महत्वपूर्ण तहमा महिलामाथि भेदभावगर्नाले पनि महिला माथि हुने हिंसाका घटनाले प्रश्रय पाएको कुरा हामी सबैको सामु र्छलङ्ग छ । महिला माथिहुने यस्ता प्रकारका हिंसाहरूका कारण महिलाहरूको आत्मबल कमजोर हुन गई सामाजिक इज्जत प्रतिष्ठाको डरमानेर घर परिवार समाज, कार्य क्षेत्र र राज्य तहमा हुने गरेका सबै प्रकारका हिंसालाई मौनरूपमा स्वीकार्न वाध्यछन् भने राज्य स्तरमा भएका कानुन सर्वसाधारणको पहुँच भन्दा बाहिर रहनाले पनि महिला हिंसालाई प्रश्रयपुगेको छ ।

मैमुना सिद्धिकी
कार्यवाहक अध्यक्ष
फातिमा फाउण्डेशन नेपाल, बाँके
महिला भएकै कारणले महिला माथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा वौद्धिक शोषण,दमन, यातना रदुर्व्यवहारहरूलाई महिलामाथि हुने हिंसा भनिन्छ । जस अन्तर्गत सम्बन्ध विच्छेद, बहुविवाह, बालविवाह, दाइजोप्रथा, कुटपिट, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जवरजस्तीकरणी, आदि जस्ता थुप्रैप्रकारका हिंसाका घटनाका कारण विशेषतः मुस्लिम समुदायका महिलाहरू प्रताडित भइरहेका छन् । पहाडीसमुदायमा भन्दा बढी मधेसी समुदायका महिलाहरू घरेलु हिंसाबाट प्रताडित भएका छन् । किनभने मधेसीसमुदायका महिलाहरू अहिले पनि घुम्टोमा बस्नुपर्ने अवस्थामा छन् । स्वतन्त्ररूपमा हिँडडुल गर्नु, मनमा लागेकोकुरा बोल्न र शिक्षा आर्जन गर्ने कुराबाटै उनीहरू वन्चित छन् । मधेसी महिला भित्र पनि मुस्लिम महिलालाईअझ बढी घुम्टोमा बस्न बाध्य पारिन्छ ।

दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, कुटपिट, घरनिकाला, मानसिक र शारीरिक यातना दिने र बहुविवाहगर्ने जस्ता विकृति समाजमा बढ्दो क्रममा छन् । मुस्लिम समुदायमा श्रीमानलाई कुनै कुरा मन परेन भनेतुरून्त तलाक तलाक तलाक भने पछि श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद हुन्छ । अहिले पनि हाम्रो समाजमायस्ता घटनाहरू थुप्रै घटेका छन् । जनचेतना र शिक्षाको कमीका कारण विद्यमान कानुनहरूका बारेमा जानकारीनहुँदा थुप्रै विषयहरू अदालतसम्म नपुगेको अवस्था छ ।

महिला हिंसाको मूलकारण पितृसतात्मक वा पुरूष प्रधान सामाजिक संरचना हो । महिला माथि गरिने दुर्व्यवहारवा यातनालाई समाजले पुरूषको अधिकार र महिलाहरूको दैनिकीको रूपमा स्वीकारेको छ । आर्थिक, सामाजिक,शैक्षिक र राजनीतिक क्षेत्रमा पहुँच नभएकाले उनीहरूले आफू माथिको हिंसालाई प्रतिकार गर्न नसकी सहेरबस्नुको विकल्प नभएको ठान्दै दैनिकी हिंसाको चपेटामा पर्दै आएका छन् ।

महिला माथिको हिंसा मानवअधिकारको चरम उल्लङ्घन भएको कुरा विश्वले स्वीकार्दै आएको छ । यसै अनुरूपविभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको निर्माण र सन्धि, महासन्धिहरू, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूर घोषणपत्र जारी गरिएको भएतापनि प्रभावकारी कार्यान्वयन नहुनुले महिला हिंसा अन्त्य हुन सकेको छैन ।महिला विरूद्ध हुने हिंसालाई अन्त्य गर्न बनेका कानूनहरू कार्यान्वयन हुनुपर्छ ।

धना जि.सी.(शाही)
अध्यक्ष
महिला पैरवी मञ्च सुर्खेत
महिलाले पनि पुरूष सरहका अधिकारहरू पाउनु र पाएको महसुस गरी स्वतन्त्रतापूर्वक बाँच्न पाउनु महिलामानवअधिकार हो । नेपालको सन्दर्भमा महिला र पुरूषका अधिकार समान छैनन् । महिलाहरूले पुरूष सरहकोसमान अधिकार प्राप्त गरेको अनुभूति गरेका छन् । महिला र पुरूषमा रहेको असमान शक्ति संरचना,पितृसत्तात्मक सोचमा परिवर्तन नहुनु, राज्यका विभेदकारी कानूनहरू, सामाजिक कुसंस्कार र कुरीतिहरू,कुप्रथाहरू, बनेका कानूनहरू पनि व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयनको अभावका नहुँदा महिला रपुरूषकाबीचमा असमान खाडल रहेको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रको सदरमुकाम सुर्खेत, सुगम जिल्लाका रूपमा चिनिए पनि यहाँका महिलाहरूको अवस्थापुरूष समान छैन । महिलाहरूको आर्थिक, शैक्षिक, सामाजिक कार्यहरूमा, अर्थोपार्जनका काममा, निर्णय प्रक्रियामापहुँच र नियन्त्रण छैन । महिलाहरूलाई सधैँ पैसा नआउने काममा लगाउनु, पुरूषका सेवक, दासी र अन्याय सहेरबस्नुपर्ने संस्कारमा कुण्ठित भएर बाँच्न बाध्य छन् । यस्तो जघन्य अपराधलाई नचाहेर पनि सहेर बस्नबाध्यछन् किनभने यी घटनालाई बाहिर ल्याए भने घर, परिवार, सन्तान छोडेर जाने डर र सम्बन्ध विच्छेदकोधम्की र पुरूष बिना बाँच्ने आधार हुंदैन भन्ने सोचाई समाजमा विद्यमान छ ।

घरेलु हिंसा सम्बन्धी कानून बनेको एक वर्षपुगेपनि सुर्खेतमा एउटा पनि घटना दर्ता भएको छैन । यसको मतलवयहाँ घटना भने नभएका होइनन् । महिलाहरू हरेक दिन घरेलु हिंसाका घटनाबाट प्रताडित भएका छन् । घर भित्रत यस्ता घटनाहरू दैनिक हुने र महिलाहरूले आफ्नो, परिवारको इज्जतका लागि सधैँ लुकाएर र सहेर बस्नुपरेकोअवस्था छ ।

महिलाहरूलाई अधिकार सम्पन्न बनाउन समाजमा रहेका कुरीतिहरूमा परिवर्तन गर्नुपर्छ । राज्यका विभेदकारीकानूनमा परिवर्तन गरिनुपर्छ । बनेका कानूनहरूको स्थानीय स्तरमा रहेका महिलाहरूलाई जानकारी र सचेतनाजगाउनुका साथै व्यवहारमा प्रभावकारी कार्यान्वयन गरिनुपर्छ साथै महिला र पुरूषमा भएको असमान सामाजिकशक्ति संरचनामा परिवर्तन गर्दै पितृसत्तात्मक सोचको परिवर्तन गरिए मात्र महिलाहरू अधिकार सम्पन्न हुनसक्छन् ।

साबित्री शर्मा
कलैया नपा-८
महिला मानवअधिकारकर्मी
सदस्य जिल्ला पारालिगल कमिटी, बारा
बारा जिल्लामा मानव अधिकारको अवस्था केही वर्षअघिको तुलनामा एकदमै खस्किएको छ । अपराधिकक्रियाकलापहरू बढ्दै गएका छन् । तराईमा महिलाहरू माथि हुने घरेलु हिंसाका घटना एकदमै बढेका छन्। अधिकांश घटनाहरू सार्वजनिक हुन नदिने, भइहाले पनि गाउँमै मिलापत्र गराउने, कानूनी कारबाहीको प्रक्रियाअगाडि बढ्न नदिन सामाजिक दवाव दिने गरेका कारण थोरै घटना मात्र सार्वजनिक हुन्छन् ।

महिलाहरूको सानो उमेरमा नै विवाह हुनु, अशिक्षित हुनु, आर्थिक स्थिति कमजोर हुनु, दण्डहीनता बढ्नुजस्ताकारणले तराईमा महिला हिँसाका घटनाहरू बढेको मैले महसुस छु ।

महिलालाई अझै सम्म पुरूषहरूले घरको काम गर्ने र छोराछोरी पाउने मेसिनको रूपमा हेरिने प्रवृतीमा परिवर्तनगर्न नसक्नु अर्को कमजोरी पक्ष हो ।

गाउँमा अझै पनि छोरीलाई पढाउने चलन छैन । अशिक्षाको कारण सानै उमेरमा आमा बन्नुपर्ने र रोगी हुनुपर्नेवाध्यता छ ।

माइतीपक्षको आर्थिक स्थिति कमजोर भएका महिलाहरू झनै पीडित हुन्छन् ।

पति भन्दा पनि सासू, ससुरा, नन्द आमाजुबाट दाइजो कम ल्याएको कारण दैनिक प्रताडित हुनुपर्छ । दाइजोकम ल्याएको भनी महिलाको हत्यासमेत हुने गरेको छ ।

कमजोर आर्थिक अवस्था भएको परिवारकी महिलालाई कुटपिट गरी घरबाट निकाल्नै र पुनः बढी दाइजो ल्याउनेपत्नी ल्याउने होडबाजी जस्तो चलेको पाइन्छ ।

सुलेखा रोक्का
जलेश्वर-२, महिला अधिकारकर्मी
महोत्तरी जिल्लामा महिला साक्षरता प्रतिशत कम छ । महिला हिंसाका घटनाहरूले यहाँका महिलाहरू आक्रान्तछन् । खासगरी मुस्लिम समुदायमा प्रचलनमा रहेका ‘तलाक’ प्रथाले यहाँका महिलाहरू पिल्सिएका छन् । तलाकपीडित मुस्लिम महिलाहरूले अदालतबाट न्याय नपाउँदा अझ पीडित हुनु परेको छ । अदालतले अंश पाउनेफैसला गरेपनि आफूखुसी तलाक दिएका पतिले अंश दिनु त परको कुरा बारम्बार उनै पतिबाट कुटपिट सहनुपरेको छ ।

धर्मपुर गाविस-५ की १८ वर्षीय अनिता साहले दाइजोमा बक्स पलङ ल्याउन नसक्दा पति र सासू, ससुराकोकुटपिटबाट मारिनु परेको घटना ताजै छ । बर्दिवास गाविस-३ की एक तीन वर्षीय बालिका ४५ वर्षीय वेचुगुर्मछानेबाट वलात्कृत भएको घटना अदालतमा विचाराधीन छ । त्यस्तै माइस्थान गाविस-१ की १२ वर्षीयबालिकाले २१ वर्षीय बलवहादुर महतबाट बलात्कृत हुनु परेको छ ।

यी प्रतिनिधि घटना हुन् । पत्नीलाई, बुहारीलाई कुटपिट गर्नु, देवरले भाउजुलाई बलात्कार गर्न खोज्नु सामान्यघटना मानिन्छ यहाँको समाजमा । महिला हिंसाका कतिपय जघन्य घटना त छिमेकीका घरमा चर्चा मात्र पाएरसकिन्छ । लोकलाजका कारण ती सार्वजनिक हुँदैनन ।

महिलाहरू बलात्कारजस्ता जघन्य अपराधबाट पीडित भइ न्यायका लागि गुहार माग्दा उल्टो महिलालाई नै दाषीदेख्ने सामाजिक परिवेश छ । आँट गरेर सार्वजनिक गरिएका घटनामा महिलाका लागि पैरवी गरिदिने महिलाकानून व्यवसायी छैनन् । जसका कारण महिलाहरूका विशेष प्रकारका पीडा पुरुष कानुन व्यवसायीलाई सुनाउनवा अदालतमा जवाफ दिन नसक्ने भएका कारण पनि महिला सम्बन्धी घटनाहरूको पछिसम्म अनुगमन हुनसक्दैन । यसले पनि पीडकलाई फाइदा नै पुर्‍याएको छ ।

महिला हिंसाका सम्बन्धमा अनुसन्धान गर्ने दक्ष महिला प्रहरी, महिला कानुन व्यवसायी, अदालतमा गोप्यइजलास र महिला न्यायाधिश नहँदासम्म महिलाले जतिसुकै हिम्मत गरेर आफ्नो पीडा सार्वजनिक गरेपनि उल्टोझन पीडित हुने स्थिति कायम रहन्छ । हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचको अधिकार र विवाहित महिलाकोपनि पैत्रिक सम्पत्तिमा अधिकारको सुनिश्चितता नभएसम्म महिला विरूद्धको हिंसा मुक्त समाजको कल्पना गर्नसकिँदैन भन्ने मेरो अनुभव छ ।

देवकी नेपाल
संयोजक महिला सुरक्षा दवाव समुह, रौतहट
यहाँको समाज परम्परागत कुसंस्कारले जकडिएको छ । केही व्यक्तिहरूको राजनीतिक, आर्थिक तथा सामाजिकस्तर उठेको भएपनि दाइजो प्रथा, बालविवाह, कुटपिट, चेलिबटी बेचबिखन, बोक्सीको आरोप जस्तो जघन्यअपराध दिनानुदिन बढ्दै गएको देखिन्छ । यस जिल्लामा सबैभन्दा बढी घटना बोक्सीको आरोपमा मलमुत्रखुवाउने, दाइजो नल्याएको कारण तेजाव, मट्टतिेल खन्याएर आगो लगाइदिने, बालविवाह, चोरी तस्करी जस्ताघटनाहरू भएका छन् ।

महिला विरुद्ध हुने यस्ता घटनाहरूको रोकथामको लागि विभिन्न सङ्घ संस्थाहरू, जनचेतना जगाउने,अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने र घटनाहरूलाई सार्वजनिक गर्ने कार्यहरू गरिरहेका छन् ।

महिला अधिकारका पक्षमा काम गर्ने अधिकारकर्मीहरूलाई ज्यानमार्ने धम्की, छोराछोरीलाई अपहरण गर्ने धम्कीदिने, घरमा बम पड्काइदिन्छु भन्ने धम्की आउने गरेका छन् ।(इन्सेक)