स्व.खडगप्राणको स्मृतिमा निःशुल्क स्वास्थ्य शिवी
काठमाडौं । स्वर्गीय प्राध्यापक खड्गमान मल्लको १०८ औं जन्मजयन्तीको अवसरमा शनिबार ललितपुरको सैंबुमा एकदिने निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरियो । ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु’ भन्ने सन्देश दिन आयोजित शिवीरमा स्थानीय २०० जनाको निशुल्क स्वास्थ्य परिक्ष्ण गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।
स्व.खडग—प्राण संरक्षण सांस्कृतिक गुठीको आयोजनामा भएको सो निःशुल्क स्वास्थ्य शिवीर शुरु गर्नुअघि गुठीका महासचिव एवम् वरिष्ठ शल्य चिकित्सक सहायक रथि डा.मदन मान मल्लले स्व. प्राध्यापक खडगमान मल्लको योगदान बारे चर्चा गर्नुभएको थियो ।
शिवीरमा वरिष्ठ शल्य चिकित्सक सहायक रथि डा.मदन मान मल्लका साथै क्यान्सर, स्त्रीरोग लगायतका वरिष्ठ चिकित्सकहरु डा. किरण मानन्धर, डा.प्रभु शाह, डा.लक्ष्मी आचार्य गौतम र डा.आशिष माली, सिजन चाम्लिंग लगायतले निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउनुभएको थियो ।