क्याम्ब्रिजलाई छैठौं विद्या संस्कार शिक्षक फुटसलको उपाधि

311

 

काठमाडौं । चेल्सी इन्टरनेशनल एकेडेमी अन्तर्गतको विद्यासंस्कार स्कुल मध्यबानेश्वरले शनिबार आयोजना गरेको छैठौं विद्यासंस्कार अन्तरविद्यालय शिक्षक फुटसलको उपाधि क्याम्ब्रिज पब्लिक स्कुल, पुरानो बानेश्वरले जितेको छ भने भ्याली भ्यू स्कूल, मध्य बानेश्वर दोस्रो भएको छ ।

पहिलो हुने टीमले नगद २० हजार र दोस्रो हुने टीमले १० हजार रुपैयाँ सहित ट्रफि, पदक र प्रमाणपत्र पाएको छ । फाइनल खेलमा १—० ले भ्याली भ्यूलाई हराएर क्याम्ब्रिज पब्लिक स्कूलले उपाधि जितेको हो ।

क्याम्ब्रिज पब्लिक स्कुलका शिक्षक निर्जन राई बढी गोलकर्ताको रुपमा दरिए । उनले ४ गोल गरेका थिए । यसैगरि क्याम्ब्रिज पब्लिक स्कुलकै शिक्षक प्रताप राई फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।

विद्या संस्कार स्कूलका रोशन राईले मस्ट इन्स्पायरिंग प्लेयरको पुरस्कार पाए भने द एक्सेल्सर स्कुल स्वयम्भुले फेयर प्लेको पुरस्कार पायो । यसैगरि उत्कृष्ट गोलरक्षक भ्याली भ्यू स्कुलका अजित महर्जन भए भने सोही विद्यालयका इचि महर्जन बेस्ट प्लेयर अफ द टुर्नामेण्ट भए ।

प्रतियोगितामा बानेश्वर रिक्रियसन सेन्टरको फुटसलमा आयोजित सो प्रतियोगितामा आयोजक विद्यालयका शिक्षक टोली सहित एक दर्जन विद्यालयका शिक्षकहरुले भाग लिएको विद्या संस्कार स्कुलका खेलकूद विभाग प्रमुख राजन न्यौपानेले बताउनुभयो ।

विजयी खेलाडी र विद्यालयलाई अखिल नेपाल फुटसल संघका संयोजक दावा लामा तथा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले नगद, ट्रफि, पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।

विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुबीच भाइचारा कायम गर्दै पुर्नताजगी बनाउने उद्धेश्यले शिक्षकहरुबीच फुटसल प्रतियोगिता आयोजना गरिएको विद्या संस्कार स्कुलको शैक्षिक तथा प्रशासन प्रमुख प्रणय मोक्तानले बताउनुभयो ।

विद्यालयले यसअघि ५ वटा शिक्षक फुटसल सफलतापूर्वक आयोजना गरिसकेको छ ।