काव्य गायनका विजेता निश्चय,उमंग र अभिनव

269

काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरले आयोजना गरेको तेस्रो काव्य गायन प्रतियोगितामा निश्चय ढकाल, उमंग लुइँटेल र अभिनव सिलवाल उत्कृष्ट गायक भएर पुरस्कार जितेका छन् ।

विद्यालयका ४ दर्जन विद्यार्थीले भाग लिएको सो प्रतियोगितामा १ देखि ३ कक्षासम्मको समूहमा निश्चय ढकाल पहिलो, निक्सन मैनाली दोस्रो, आवानी पोखरेल तेस्रो भए भने प्राश्वी पौडेलले सान्त्वना पुरस्कार पाए ।

यसैगरि ४ देखि ६ कक्षासम्मको समूहमा उमंग लुइँटेल पहिलो, अब्रिती रेग्मी दोस्रो,सुरभि गुरागाई तेस्रो भए भने आकांक्षा ढकालले सान्त्वना पुरस्कार पाइन ।

यसैगरि ७ देखि ९ कक्षासम्मको समूहमा अभिनव सिलवाल पहिलो, सुमन गुरुंग दोस्रो, अनुज्ञा सापकोटा तेस्रो भए र रोम भट्टले सान्त्वना पुरस्कार पाए ।

चर्चित गायीका लोचन भटट्राई प्रमुख निर्णायक रहनुभएको सो प्रतियोगिताका विजयी विद्यार्थीलाई गायीका भट्टराई तथा काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले ट्रफि, पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।

वरिष्ठ संगीत शिक्षक कैलाश राई र राजकुमार समालले काव्य स्कुलमा संगीत कक्षा लिँदै आउनुभएको छ ।