हिमालयन म्युजिक अवार्ड आयोजना हुने

307

काठमाडौं । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो ।यही पुस १४ गते शनिबार राजधानीको लाजिम्पाटस्थित् किङ्स प्यालेस रोधी क्लब एण्ड पप भेन्युमा सम्पन्न हुँदैछ, टप पाँच मध्येबाट उत्कृष्ट एकलाई छनोट गरि कतारमा अवार्ड प्रदान गरिनेछ ।

’‘सृजनाको मुल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलका नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत,उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक/गायिका, उत्कृष्ट मोडललगायतका ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

अवार्डको निर्णायकमा मोक्तानसहित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, उन्नती शिला बोहरा, पवन वाङ लामा, विक्रमजंग शाह, लगायत रहेका छन् ।

संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह, संगीतकर्मी टिका बोम्जन, समाजसेवी कृष्ण बहादुर राउत, म्युजिक भिडियो निर्देशक राजेश तिमिल्सिना, संगीतकर्मी संघ नेपाल, नवलपरासी शाखाकी अध्यक्ष तथा लोक गायिका राधा वारीलगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन मिस तामाङ–२०१८ की विजेता सिमरन स्याङ्बो तामाङले गरेकी थिईन।