वाइडबडी खरिद प्रकरण : निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई दलियो कालोमोसो

250

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।

कंसाकारको कार्यकक्षमै पुगेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले कालोमोसो दलेको हुन् ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारसि गरेको थियो ।