सृजनानगरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

563

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सृजनानगरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार भने घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडकको सृजनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
तीव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई आफै दुर्घटना हुँदा चालक भक्तपुरको चाँगुनारायण नपा ४ का २९ वर्षीय सहिद तामाङको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २७ वर्षीय शेरबहादुर तामाङ घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार दुर्घटनालगत्तै उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो । उपचारकै क्रमा सहिदको मृत्यु भएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।