भक्तपुरका चार पत्रकार सम्मानित

414

भक्तपुर । भक्तपुरमा क्रियासिल भई पत्रकारिता गर्दै आएका चार पत्रकार बुधवार सम्मानित भएका छन् ।


सम्मानित हुनेमा गोरखापत्र दैनिकका संवाददाता नगेन्द्र सापकोटा, धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का , दबाब साप्ताहिकका सम्पादक अमर भुजु र नेपाल न्यूज साप्ताहिक र प्रक्षेपण दैनिकका सम्पादक विकल श्रेष्ठ रहनु भएको छ ।


समय समाज साप्ताहिकको १४ औँ वर्ष प्रवेश कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो ।

पत्रकार नगेन्द्र सापकोटालाई पाँच हजार सहित क्रियाशील पत्रकारिता पुरस्कार बाट सम्मानित गरिएको थियो भने पत्रकार रमेश खड्काले पत्रकारितामा ३५ बर्ष अनी पत्रकार अमर भुजु र विकल श्रेष्ठले ३० बर्ष पत्रकारितामा दिएको योगदानको कदर गर्दै दीर्घ सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।