काठमाण्डौं । गीतकार सुवास चन्द्र ढुंगेलको गीति संग्रह एल्वम गीतिका सार्वजनिक भएको छ ।
राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उहाँको ५ गीत समेटिएको एल्वम गीतकार एवं संस्कृति विद चेतन कार्की, गीतकार नगेन्द्र थापा , साहित्यकार एवं गीतकार प्रकास सायमी , बरिष्ठ संगीतकार दिपक जंगम , स्वरका धनी दिपक खरेल लगायतका विभिन्न श्रष्ठाहरुले उक्त एल्वम विमोचन गर्नुभएको छ ।
एल्वम विमोचन गर्दै वरिष्ठ गीतकार एवं संस्कृति विद चेतन कार्कीले संगीतका क्षेत्रमा हाल नेपालले पनि फड्को मारेको बताउनुभयो । उहाँले हिजोका दिनमा गीतकारहरुलाई हेरिने देष्टिकोण सँगै उनीहरुको गीत लेखेको भरमा नै बाँच्ने सक्ने आधार पनि निर्माण भएको बताउँदै यो स्वागत योग्य भएको बताउनभएको थियो ।
गीतकार ढुंगेलको गीतिका एल्वममा मन बिना बाच्न पाए संगीता राना प्रधानले श्वर दिनु भएको छ भने , बरु दुखै दुःख देऊ गीतमा दिप श्रेष्ठको श्वर , कैले गुगे काली कैले सेती लगायत बोनस गीतका रुपमा मेरा यी हातहरु दिपक खरेको श्वरमा र तिम्रो मनमा मिलनको स्व भक्तराज आचार्यको श्वरमा रहेका छन् ।
विगत ४० दशक देखि प्रख्यात गीतकारका रुपमा चिनिदै आउनुभएका गीतकार ढुंगेल भक्तपुर बासी हुनु हुन्छ । उहाँका दर्जनौं गीतहरु हाल बजारमा रहेका छन् ।
Related