काठमाडौं । अहिले नेपालमा एउटा नयाँ फेशन चलेको छ । विकसित देशहरुमा जानको लागि नक्कली सम्बन्ध स्थिापत गर्ने गरेका छन । एक नेपाली युवामाथि अमेरिकामा पैसा दिएर ग्रिनकार्डमा लागि नक्कली बिहे गरेको अभियोग लागेको छ ।
क्यलीफोर्नियाको कुपर्टिनो निवासी २७ वर्षिय इलोभ श्रैष्ठ १३ हजार डलर दिएर २८ वर्षिया मोरेना मुसेरोसंग नक्कली बिवाह गरेको अभियोगमा गत साता पक्राउ गरिएको माईने राज्यको स्थानिय बंगोर डेली न्यूजले जनाएको छ । मुसेरो हाम्पडेन माईनेकी बासिन्दा हुन ।
सन् २०१५ मा भिजिटर भिसामा अमेरिका आएका श्रेष्ठ नक्कली बिहेको अभियोगमा गत जनवरी ११ मा बंगोर संघिय अदालतमा हाजिर गराईएका थिए । अदालतबाट उनी ५० हजार डलरको धरौटीमा छुटेका थिए । उनीलाई फेरी जनवरी २८ मा अदालतमा बोलाईएको छ ।
बंगोर डेली न्यूजका अनुसार, श्रेष्ठमाथि गत नोभेम्बरमा नक्कली बिहेगरेको अभियोगमा माईने राज्यको बंगोर डिस्ट्रिक्ट अदालतमा मुद्दा दायर गरिएको थियो । उनले नक्कली बिहे गरेको कुरा त्यसबेला खुलेको थियो जब गत अगस्ट ६ मा मुसेरो स्थानिय प्रहरीलाई आफुले नक्कली गरेको बताईन ।
मुसेरोले जुन १, २०१८ मा आफु पैसाका लागि बिहले गर्न तयार रहेको र ग्रिनकार्ड चाहने केटाले बिबाह गर्न सक्ने विज्ञापन एउटा डेटिड साईटमा राखेकी थिइन । जुन १३ मा नेपाली युवा इलोभ श्रेष्ठले इमेल मार्फत उनलाई सम्पर्क गरेका थिए । अदालतमा पेस गरिएको कागजात अनुसार, उनीहरुबीच किस्तामा १३ हजार डलर लेनदेनको सम्झौता भएको थियो ।
पैसाको कुरा मिलेपछि श्रेष्ठ नर्थ क्यारोलिनाबाट जुन २४ मा बंगोर पुगेका थिए । उनीहरुले जुन २५ मा बिहे गरे र त्यसको भोलीपल्ट श्रेष्ठ नर्थ क्यारोलिना नै फर्के । यसैबीच, श्रेष्ठ माईने पुगे र जुलाईको अन्त्यसम्ममा उनले मुसेरोलाई तीनहजार अमेरिकी डलर दिए ।
बंगोर डेली न्यूजका अनुसार, डिसेम्बर १० देखि मुसेरो जेलमा छिन । श्रेष्ठले अहिलेसम्म वकिल लिएका छैनन् । अभियोग प्रमाणित भएमा श्रेष्ठलाई पाँच वर्ष जेल र दुईलाख ५० हजार डलरसम्म जरिवाना हुनेछ । उनलाई नेपाल फिर्ता पठाईने सम्भावना पनि छ । बंगोर डेली न्यूजबाट