भारतीय दादागिरी विरुद्ध कडा रुपमा प्रस्तुत भयो विप्लव माओवादी ! ,काँडेतार बोकेर सीमानामा

360

चितवन । नेपालभित्र भारतीय दादागिरीलाई कसैंले नर्कान सक्दैंन । पछिल्ला दिनहरुमा भारतले नेपालको भुभाग कब्जा गर्नेजस्तो निन्दनीय कार्य गर्दै आएको छ । नेपाल सरकारको कुटनीतिक असफलताको कारण पनि नेपालमा भारत हाबी भएको ब्याख्या गर्नेहरुको कमि छैंन ।

बढ्दो सीमा अतिक्रमण पछि विप्लव नेतृत्वको नेकपाद्धारा नेपाल भारत सीमामा तारबार लगाइएको छ । नेकपाले मंगलबार सीमाक्षेत्रमा काँडे तार लगाएको हो । पार्टी केन्द्रीय सदस्य कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) विद्यार्थीको टोलीले माडी नगरपालीका ५ सोमेश्वरगढी सीमा क्षेत्रमा ३० मिटर काँडे तार लगाएको छ ।

सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको सुरुवात गरेको छ ।विगतदेखि भारतले नेपालमाथि गर्दै आएको सिमा अतिक्रमणको विरोधमा नेकपाले काडेतार लगाएको हो ।

निरन्तर सीमा मिचिदा पनि सरकारले वास्ता नगरेका कारण आफूहरूले सीमा रक्षाका लागि चितवनबाट अभियान चलाएको विप्लव नेतृत्व नेकपाको भनाई रहेको छ । नेकपाको अनुसार देशभरका सिमाना मिचिइरहँदा पनि सरकार मुकदर्शक बनेकाले चितवबाट अभियानको उद्घाटन गरिएको हो ।

सीमामा काँडेतार अभियानलाई अब अन्य स्थानमा पनि जारी राख्ने उनले बताए। १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौताहरू खारेजीको माग गर्दै सीमा व्यवस्थित गराउन विप्लव नेतृत्वको नेकपाले मागसमेत गरेको छ।