सिड्नी । अस्ट्रेलियाको आम निर्वाचनको क्यापेनिङ म्यानेजरमा एक नेपालीलाई नियुक्त गरिएको छ ।
दक्षिणपश्चिम न्यु साउथ वेल्स राज्यका लागि संयुक्त राष्ट्र संघमा एक दशकभन्दा बढी काम गरिसकेका नेपाली इन्जिनियर नगेन्द्र अधिकारीलाई मक्युरो इलेक्ट्रोकल क्षेत्रको निर्वाचन क्याम्पेनिङ म्यानेजरमा नियुक्त गरिएको हो ।
यो क्षेत्र नेपालीको जनसंख्या तिव्र रूपमा बढीरहेको छ । यहाँ १९ केन्द्र र २६ बुथ छन् । जहाँ ७० हजार भन्दा बढी मतदाता रहेको बताइन्छ । नेपाली मूलका अस्ट्रेलियन भने ४ हजारको संख्यामा रहेको बताइएको छ ।
सिड्नी क्षेत्रमा विभिन्न राष्ट्रबाट आएका सय मध्ये नेपाली मतादाता चौथो नम्बरमा रहेको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।
अस्ट्रेलियाको राजनीतिमा नेपालीको उपस्थिति बढ्दो हुने बताइन्छ । अधिकारी व्यवस्थापन, रणनीति, बजेट, आर्थिक संकलन र सहयोगी कार्यान्वयनमा अब्बल छन् ।
राज्यको चुनावका लागि लिबरल पार्टीका उम्मेदावार जाहुरुल क्वाजीका लागि अधिकारीको नियुक्ति प्रभावकारी हुने बताइएको छ ।
ऋधिकारीले निर्वाचन संयोजन गरिदिन लागेका उम्मेदवार क्वाजी शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनका दुई छोरा र एक पत्नी छन् । स्थानीय समुदायमा जाहुरुल सक्रिय रहेको र दश बर्षदेखि राजनीतिक दलमा कार्यरत छन् ।
निर्वाचनका विषयमा अस्ट्रेलियाको कानुन कडा छ । कुनै पनि उम्मेदवारले ६ हजार तीन सय अस्ट्रेलियन डलर भन्दा बढी चुनावका बेला खर्च गर्न पाउँदैनन् ।
अधिकारीका अनुसार भ्रष्टाचार नियन्त्रण र अनावश्यक कामका लागि निर्वाचन कानुनले कुनै पनि संसद सदस्यका उम्मेदवारलाई सीमा राखेको छ । उनी भन्छन्,‘यस्तै कानुन नेपालमा पनि चाहिन्छ, सिक्नुपर्छ ।’
निर्वाचन क्याम्पेनिङ २७ जनवरीदेखि न्यु साउथ वेल्सका पार्टी अध्यक्ष फिलिप रुडोकले सुरु गरेका थिए । फिलिप अस्ट्रेलियाको राजनीतिक इतिहासमा निक्कै सक्षम र सफल मानिन्छन् । उनले १६ बर्षसम्म सन् १९७३ देखि २०१६ सम्म हाउस अफ रिप्रिन्जिटेटिभमा रहीसकेका छन् । उनी लामो कार्यकाल बिताउने दोस्रो सांसद हुन् ।
उनी इमिग्रेशन मन्त्री पनि भएका थिए । उनकै कार्यकालमा विद्यार्थीलाई स्थायी बसोबासका लागि आवेदन खुला गरिएको थियो ।
न्यु साउथ वेल्सका प्रतिनिधि मार्क कुरी र लिबरल पार्टीका अध्यग इग्लेबर्न र जर्जले पनि कार्यक्रममा बोलेका थिए । निर्वाचन रणनीतिक म्यानेजर सूर्य गौतमले जाहुरुलको विजयका लागि शुभकामना दिएका थिए ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष नन्दु गुुरुङले पनि उनको जीतका लागि शुभकामना दिए । चिनियाँ, भारतीय, बंगाली, फिलिपिना समुदायकाले पनि उनलाई सहयोग गरेका छन् । निर्वाचन आउँदो २३ मार्चमा हुनेछ ।