भक्तपुर ।
उनले अस्पतालमा कलेजोको क्यान्सरको उपचार एवं अप्रेसनसमेत चाँडै सुरु गर्ने तयारी गरिएको बताए। अस्पतालमा कलेजो तथा पित्तथैलीका क्यान्सरका बिरामीहरुको संख्या बढिरहेकाले उक्त सेवा चाँडै सुरु गर्ने तयारी गरिएको अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठ बताउँछन्।
उनले अस्पतालमा गैरक्यान्सरसम्बन्धी रोगको शल्यक्रियासमेत सुरु गरिएको जानकारी दिए। उनका अनुसार क्यान्सर अप्रेसनलाई बाधा नपर्ने गरी दिउँसो ३ बजेपछि हर्निया, हाइड्रोसिल, अपेन्डिसाइटिस, पित्तथैलीको पत्थरीलगायतको अप्रेसन सुरु गरिएको हो।








































