अधिकारीको पार्थिव शरिरमा अध्यक्षद्वयले ओढाए पार्टीको झण्डा

225

काठमाडौं : शनिबार राति निधन भएका वामपन्थी नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन्।

अधिकारीको सम्मानमा मिनेट मौनधारण समेत गरिएको थियो।  अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने छ। त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।

Source link