फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

244

सल्यान : जिल्ला प्रहरी कार्यालय सल्यानले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई १४ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको कुमाख गाउँपालिका १ घर भई हाल पश्चिम रुकुमको चौरजहारी नगरपालिका १ बस्दै आएका ५० वर्षीय पूर्णबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो।

उनीमाथि २०६१ सालमा बाँके जिल्ला अदातलले २ वर्ष दुई महिना र १५ हजार रुपैया जरिवाना र २०६५ सालमा पुनः १ वर्ष १० महिना कैदको फैसला गरेको थियो। फरार प्रतिवादी बुढाथोकीलाई चौरजहारीबाट पक्राउ गरिएको र जिल्ला अदालतमार्फत आइतबार जिल्ला कारागार सल्यानमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Source link