पथरी / लागू औषध दुर्व्यसन बिरुद्द कार्य गरिरहेको अलाइभ फाउन्डेसन नेपाल र द रियल ब्रोदर सोसियल इभेन्ट्को संयोजनमा २३ गते बिहिबार साङगेतीक साझ हुने भएको छ । मोरङ पथरीशनिश्चरेका संगितप्रेमी युवायुवतीहरुको मनोरन्जन प्रदान गर्न लोकप्रिय व्याण्ड अनुप्रस्थ ल्याएको फाउन्डेसनका अध्यक्ष बिपिन गुरुङले बताए ।
“लागू औषध लाई नाई भन” भन्ने मुल नाराको साथमा लागू औषध दुर्व्यसन बिरुद्द सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको यश संस्थाले नशा बिनाको जीवन सुन्दर रहने संदेश दिन यश सांगीतिक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक भरत राईले बताए । सन २००८ सालमा भएको स्प्राइट व्याण्ड च्यालेन्जमा उत्कृष्ट बनेको लोकप्रिय व्याण्ड अनुप्रस्थ नाच न मैच्याङ्ग नेपाल टुर अन्तर्गत फागुन २३ गते बिहिवार पथरीको सिन पाटि प्यालेसमा आफ्नो प्रस्तुती दिने आयोजकले बताएको छ । कार्यक्रममा अनुप्रस्थको गायक रविन कङ्दङ्वा, देव गुरुङ्ग लगायतको प्रस्तुति रहने संयोजक रोशन मादेम्वाले बताए।
कार्यक्रमबाट संकलित रकम दुर्व्यसनमा फसेर आर्थिक अभावमा सुधार गृह जान नसकेका युवायुवतीलाई सुधार गृहमा गइ नयाँ जीवन दिनमा खर्च गरिनुका साथै लागुऔषध दुर्व्यसन बिरुद्द सचेतना मुलक कार्यमा खर्च गरिने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कार्यक्रममा करिव ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
Purbeli TV