इथियोपिया जहाज दुर्घटनामा एक नेपालीको पनि मृत्यु, कुन देशका कतिको निधन? (सूचीसहित)

323

काठमाडौं- इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परी एक जना नेपालीको पनि मृत्यु भएको छ।

सो जहाज दुर्घटना हुँदा जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्यको निधन भएको थियो। जहाजमा १ सय ४९ यात्र र ८ जना चालक दलका सदस्य थिए।

तर निधन भएका कुनै पनि यात्रुका बारेमा विस्तृत विवरण खुलाइएको छैन।

दुर्घटनमा परी सबैभन्दा बढी केन्याली नागरिकको निधन भएको छ। ३२ जना केन्यालीको निधन भएको एयरलाइन्सले पुष्टि गरेको छ। यसैगरी १८ जना क्यानडेली नागरिकको निधन भएको छ भने ९ जना इथियोपियाका नागरिकको मृत्यु भएको एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी चीन इटली र अमेरिकाका ८-८ जना नागरिकको निधन भएको छ।

एयरलाइन्सको बोइङ ७३७ जहाज इथियोपियाको एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको सो जहाज दुर्घटना भएको थियो।

स्थानीय समय अनुसार ८ बजेर ३८ मिनेटमा उडेको जहाज पछिल्लो पटक ८ बजेर ४४ मिनेटमा सम्पर्कमा आएको थियो।

उडान भएको केही क्षणमा नै जहाज दुर्घटना भएको थियो। ‘एडिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको छ,’ एयरलाइन्सले उल्लेख गरेको छ।

इथियोपियाका प्रधानमन्त्री अविय अहमदले भने दुर्घटनमा परी निधन भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ट्विट गरेका छन्।

नेपाल सरकारले जहाज दुर्घटना प्रति दुःख व्यक्त गरेको छ।

कुन देशका कति नागरिकको निधन, यस्तो छ सूची