कोरियामा हृदयघातका कारण एक नेपालीको मृत्यु

440

कोरिया, सोल– कोरियाको ह्वासाङमा कार्यरत एक नेपालीको निधन भएको छ। हृदयघातका कारण शनिबार उनको निधन भएको हो। उदयपुर त्रियुगा नगरपालिका स्थायी घर भएका भुपाल राईको  निधन भएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

शनिबार साँझ खाना खाँदै गरेका राई एक्कासी ढलेपछि स्थानिय अस्पताल लगिएको र अस्पतालले तत्कालै मृत घोषणा गरेको राईका सहकर्मीहरुले बताएका छन्।

८ वर्ष अघि ईपिएस मार्फत कोरिया आएका राई ह्वासाङस्थित मोटरपार्टस कम्पनीमा कार्यरत थिए।

राईको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको सहचारी बाँस्तोलाले बताए।