बमको आशंका गरिएको झोलामा पुराना लुगा र ऐना

271

बमको आशंका गरिएको झोलामा पुराना लुगा र ऐना

काठमाडौं । गौरीघाट नजिकै बम राखिएको भनिएको झोलामा पुराना लुगा र एक ऐना भेटिएको छ। 

शुक्रबार बेलुका शंकास्पद वस्तु राखिएको सूचनाका आधारमा गौशाला प्रहरी टोली उक्त स्थलमा पुगेको थियो। बम हुनसक्ने आशंकामा प्रहरीले उक्त झोला हेर्दा पुराना लुगा र ऐना रहेको  त्यहाँ पुगेका एक प्रहरीले बाह्रखरीलाई जानकारी दिए। 

शुक्रबार ८ बजेतीर उक्त स्थानमा बम भन्दै हल्ला फैलाइएको थियो। गौशाला प्रहरी नायब उपरीक्षक सुनिल मल्लले स्थानीयलाई त्रसित पार्नका लागि बमको हल्ला फैलाइएको हुनसक्ने बताए। उनले भने, “स्थानीयलाई तर्साउनका लागि बमको हल्ला फैलाइयो होला। हामीले खोलेर हेर्दा पुराना लुगाफाटाहरु खाँदेर राखिएको र साथमा एक ऐना पनि फेला परेको छ।”

प्रतिकृया दिनुहोस

Source link