भक्तपुरमा जुवातास खेल्ने तीन महिलासहित ६ पक्राउ

529

भक्तपुर । भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका ५ कटुञ्जेबाट जुवातास खेलिरहेका तीन महिलासहित ६ जनालाई नगद दुई लाख ८६ हजार तीन सय १० रुपैयाँसहित पक्राउ नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ४ घर भई हाल कटुञ्जे बस्ने ५५ वर्षीय नर्बु लामा, लिसंखुपाखर गापा ४ नै भई भई हाल सूर्यविनायक नपा ६ पाण्डुबजार बस्ने ३५ वर्षीय एडी लामा, सिन्धुपाल्चोककै जुगल गापा ४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नपा ८ बोडे बस्ने २८ वर्षीय मानबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।
त्यस्तै मोरङको पथरी शनिश्चरे नपा ९ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने २९ वर्षीया सरु राई र २५ वर्षीया मीमा राई तथा दोलखाको शैलुङ गापा १ घर भई हाल सूर्यविनायक बस्ने ३६ वर्षीया राखी लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले विशेष सुराकीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।
उनीहरुको साथबाट १० बुक ताससमेत बरामद गरिएको उनले बताए । उनका अनुसार जिल्ला अदालत भक्तपुरबाट जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।