सेक्स र स्तन

750

काठमाडौं । महिलाको आकर्षण संग जोडिएका विभिन्न अंगहरु जस्तै अनुहारको बनोट, शरीरको बनावट, रुपरंग संगै उनीहरुको छातिमा रहेको बाहिरी अंग स्तनले पनि पूरुषलाई आकर्षित गर्ने गर्दछ । नारीको सबैभन्दा आर्कषक अंग स्तन हो भन्दा पनि फरक पर्दैन । चाहे त्यो महिलाका लागी होस् वा पुरुषका लागी नै किन नहोस् । यिनको आकार सुन्दरतामा मानिस हराउने हुनाले यसको साइज समान हुँदैन भन्ने धेरैलाई पत्तै हुँदैन ।

 चिकित्सकका अनुसार पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ ।

गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् । तर युवती अवस्थामा देखिने भिन्नता धेरैलाई पत्तै हुँदैन ।

यसको सांकेतिक महत्व बढी छ । सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन् । नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ ।

आफ्नो शरीरप्रति र त्यसमा भईरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रुपमा सामञ्जस्यता ल्याउन नसकिएको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्दछन् । कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो भनेर चिन्ता लिएका हुन्छन् । विशेष गरेर आफ्ना साथीहरूसंग तुलना गर्दा सानो भएमा यस्तो हुनसक्छ । केही किशोरीलाई सुरु सुरुमा आफ्नो स्तन सामान्य नै भए पनि ठूलो जस्तो लाग्न सक्दछ । यी कुराहरू आफ्नो शारीरिक स्वरुपमा सन्तुलनको स्थिति आउनुभन्दा पहिलेको स्थितिलाई दर्शाउँछ ।

आफू यौनको दृष्टिकोणले पर्याप्त आकर्षक छु वा छैन भन्ने कुरासंग जोडिएको हुन्छ । भावी यौन जोडीको दृष्टिमा पर्याप्त यौनआकर्षक होईएला कि नहोइएला भन्ने कुराले सताउन थालेपछि त समस्या चर्को बन्नसक्छ । कसै–कसैका लागि त यो समस्या यति गम्भीर बन्छ कि आत्महत्याको विचारसम्म पनि आउन थाल्छ ।

स्तनको आकारप्रकार व्यक्ति–व्यक्तिअनुसार हाम्रो शरीर तथा अन्य अंगको आकार तथा प्रकारमा फरक भए जस्तै स्तनको आकार तथा नापमा धेरै नै भिन्नता पाईन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला हुन्छन् ।

सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन् । स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्नेगर्छ ।

 स्तनको विकासको क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ ।  किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र सो बेला यसका तन्तु पनि निकै नै खाँदिएको हुने भएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गए पछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ ।