सहकारी दिवसका अवसरमा भक्तपुरमा तीन दिने कृषि मेला हुने

460

भक्तपुर । कृषि क्षेत्रको प्रर्वधनका लागि भक्तपुरमा बृहत कृषि मेला आयोजना हुने भएको छ ।

कृषि सहकारी संघ लिमिटेड भक्तपुरको आयोजनमा ६२ औं सहकारी दिवसको अवसरमा भक्तपुरको सूर्यविनायक स्थित अजिमा पाटी महलमा चैत २० देखि २२ सम्म तीन दिने कृषि मेला हुने भएको हो ।

कृषि सहकारी संघ लिमिटेड भक्तपुरका अध्यक्ष शनिस लाजेजुले पत्रकार सम्मेलन मार्फत भक्तपुरमा कृषि मेला हुने जानकारी दिदै उक्त मेलामा स्तरिय कृषि उपज पाउनुका साथै कृषि सहकारी संस्था फर्म अगुवा किसन र साना किसान फाइदा लिन सक्ने जानकारी दिनुभयो ।

मेलामा ५५ भन्दा बढि स्टलहरु रहने जानकारी दिदै उहाँले उक्त मेलामा कृषि उत्पादन , कृषि उपजहरु, कृषि प्रविधि, कृषि ऋण र विमा एवं परामर्श साथै च्याउ र आलुका परिकार एवं फुलहरु सहित विभिन्न स्टलहरु रहने जानकारी दिनुभयो ।