ट्रिटनमा बेलायती प्रशिक्षकको शिक्षण योजना

317

काठमाडौं । नेपाल भ्रमणमा आएका संयुक्त अधिराज्य बेलायतका वरिष्ठ शिक्षक प्रशिक्षकद्वय बिल म्याकक्रेडी र निकी बलले सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका शिक्षकहरुलाई आधुनिक शिक्षण पद्धतिबारे एकदिने प्रशिक्षण दिएका छन् ।

भोलुन्टर सोसाइटी नेपालमार्फत केही दिनको लागि नेपाल भ्रमणमा आएका प्रशिक्षकद्वय बिल र निकीले कक्षामा शिक्षण योजना अनुसारको शिक्षण विधिका साथै पढाई संगसंगै विद्यार्थीहरुलाई कक्षामा खेलाइने बौद्धिक खेलको आवश्यकता र महत्वबारे प्रशिक्षण दिएका थिए ।

ट्रिटन स्कुलकी भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले प्रशिक्षकद्वयलाई विद्यालयको तर्फबाट धन्यवादको साथै खादा र उपहार दिएर विदाई गरेका थिए ।