जापान ओसाकाबाट अध्ययन भ्रमण

289

बाबुकाजी श्रेष्ठ
मध्यपुर – जापान, ओसाकाबाट नेपाल अध्ययन गर्न समाजसेवी मासाताके साकामोतोेको नेतृत्वमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट २६६० याओ रोटरी क्लबका अध्यक्ष मिनोरु कासाइ, सभापति हिडेकाजु कोबायासी टोली नेपाल आएका थिए । अप्रिल १८ देखि २२ सम्म नेपालका विभिन्न जिल्लाहरुमा अध्ययन गरिने जानकारी मासाताकेले जानकारी दिनुभयो ।
बासुदेव प्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशीको सहभागीमा मध्यपुर थिमिको मध्यपुर थिमि नपाद्वारा संचालित जापानीज प्रविधिको कम्पोष्ट मल बनाउने प्रविधिको अवलोकन गराएका थिए ।

सो प्रविधिका बारेमा मथिनपा वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनु भएको थियो भने थेम्मृङ मासिक पत्रिकाका प्रकाशक एवं सम्पादक बाबुकाजी श्रेष्ठले स्वागत तथा थिमिका विभिन्न विष्णुकुण्डल, निगूपुखू, दिगुटोल, चपाचोका माटाका भाँडा बनाउने क्षेत्रको अवलोकलन गराएका थिए साथै थिमिको बारेमा जानकारी दिनुभएको थियो । सोही दिन काठमाडौंको पशुपतिनाथ, बृद्धाश्रम, बौद्धनाथ स्टुपा र बसन्तपुर दरबार अवलोकन गराएका थिए ।
टोलीले सिन्धुपालचोक जिल्लाको माझी गाउँँमा गई अध्ययन गरेको थियो । सिन्धुपाल्चोकका समाजसेवी एवं नेरेसो सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेलले स्वागत गरिएको थियो । ताल्चाभडेलले सिन्धुपाल्चोकका विभिन्न विद्यालय, खानेपानी, हेल्थपोष्ट लगायत विभिन्न विकास निर्माणका क्षेत्रमा अवलोकन गराउनु भयो । माझी गाउँ आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

दुई दिनको सिन्धुपाल्चोक अवलोकनको क्रममा माझी बस्तीमा खानेपानी समस्याको समाधान गर्न भ्रमणमा रहेका जापानी टोलीले नेरेसो सिन्धुपाल्चोक शाखासंग समन्वय गरी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी राससका प्रतिनिधि रत्न श्रेष्ठ दिनुभयो ।