तानसेन : रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी छचुवाकी एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन्।श्रीमती मंगली कुमालले ४२ वर्षीय श्रीमान लोकबहादुर कुमाललाई ढुंगाले हानेर घाइते बनाएकी थिइन्।
श्रीमान् कुमालको तानसेन मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।ससुराली गएको समयमा श्रीमती मंगलीले लोकबहादुरलाई ढुंगाले हानेर गम्भीर घाइते बनाएकी थिइन्।प्रहरीले मंगलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ।मंगली सुस्त मनस्थितिको रहेको पाल्पा प्रहरीले जनाएको छ।







































