पाल्पा । रैनादेवी छहरा गाउँपालिका-८ ढुङ्गेखोला सडकमा मोटरसाइकलको पछाडी सवार यात्रुले खुकुरी प्रहार गर्दा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
लु २१ प ७३२ नम्बरको मोरसाइकलमा सवार पछाडी बसेका अर्घाखाची छत्रदेव गाउँपालिका-४ बस्ने २७ वर्षीय सुवास भुसालले सोही स्थान निवासी ३० वर्षीय कैलाश भुसाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घटनामा संलग्न सुवासलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको पाल्पा प्रहरीले जनाएको छ। घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।








































