काठमाडौंः ठगी मुद्दामा फरार एक युवा भक्तपुर ठिमीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका—१३ बस्ने ३८ वर्षीय कृष्ण कुवँर रहेका छन् ।
ललितपुर जिल्ला अदालतबाट २०७३ फागुन ११ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद तथा ६ लाख २८ हजार ६ सय ९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कृष्णलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट मंगलबार फेला पारी पक्राउ गरेको हो ।
कृष्णलाई ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको बताइएको छ ।







































