साउन ३१ गतेबाट कक्षा १२ को परिक्षा सुरु हुने

124

साउन ५,
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परिक्षा लिने तयारी गरेको छ ।
बोर्डको निर्णय अनुसार साउन ३१ गते विहिबारदेखि परिक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म संचालन हुने परिक्षामा विद्यार्थीहरुले होम सेन्टर (आफ्नै विद्यालय)बाट परिक्षा दिन पाउने छन् ।
भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउदैं परिक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । परिक्षा बोर्डका परिक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते विहान ११ बजेबाट २ बजेसम्म परिक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरु परिक्षामा सहभागी हुनेछन् ।