एमालेको एकता के हो ? खनाललाई भेट्न आचार्य र पाण्डे दिल्लीमा

92

साउन ३१,
काठमाडौं । अध्यक्ष केपी ओली र माधव नेपालको विवादले पार्टी फुट्ने र जुट्ने टुंगो लागि सकेको छैन् । उता भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली पुगेका छन् । सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली गएका हुन् । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण गरिएको थियो । उनी अझै केही समय स्वेदश नआउने भएकाले भेट्न नेताहरु गएको बताइएको छ । नेकपा एमालेमा एकताका लागि अन्तिम प्रयास भइरहँदा नेपाल समूहका नेताहरु खनाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यदी खनाल पार्टी एकतामा सकारात्मक भए भने नेता नेपाल केही लचिलो हुनु पर्ने देखिन्छ, एमाले स्रोतले भन्यो ।