लोअर इर्खुवा हाइड्रोपावरको आइपीओ आउने

72

असोज १९, काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाइड्रोपावरको जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरूलाई र २० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।