एमाले मण्डन देउपुर १ न. वडाको कमान्डरमा ढकाल चयन

200

कार्तिक ६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर नपा-१ वडा कमिटीको अध्यक्षमा कुमार ढकाल, उपाध्यक्षमा मुक्तिनाथ घोरासैने, सचिवमा बाबुराम तामाङ र सह सचिवमा होमनाथ ढकाल र सरिता बस्ताकोटी चयन भएका छन् । आज सम्पन्न वडा भेलाले युवा सघ, अनेरास्ववियु, दलित मुक्ति मोर्चा लगायतका कमिटीमा चयन गरेको एमालेका नेता राधाकृष्ण बस्ताकोटीले जानकारी दिएका छन् । यहि ९ गते देशभर एमाले स्थानीय तहको अधिबेशन हुदैछ ।