दुर्गा प्रसाईं एमालेमा प्रवेश गर्दै

99

कार्तिक ७, काठमाडौ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।​ प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा जाँदैछन् । प्रसाईले यसअघि नेकपा माओवादी भएको बताउने गरेका थिए । बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा आफूसहित झण्डै चार हजार विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने तयारी भएको प्रसाईँले बताए ।

पार्टी प्रवेश गरेर ओलीको हातबाट टीका लगाउनुअघि प्रसाईंले रातोपाटीसँग भने, ‘अब झापाबाट माओवादी पत्तासाफ हुन्छ ।’ उनले टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र कम्युनिस्टको वर्गशत्रु रहेको काँग्रेससँग घाँटी जोडेकाले माओवादी छोडेको बताए ।