अनुगमन गर्दा दुवाकोटका पसलमा जे देखियो

306

कार्तिक ११,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ । विहिवार २ नम्बर वडा अन्र्तगत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्व बजार अनुगमन गरको हो । खाद्य सामाग्री विक्रि गर्ने किराना पसलले म्याद गुजे्रको खाद्य सामाग्री र मासु बिक्रिगर्ने कोल्ड स्टोरहरु फोहोर मासु बिक्रिगर्ने गरेको फेला परेको छ ।
जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिएकी छिन् ।
अनुगमनको क्रममा बस्ताकोटी मिनी स्टोर, बस्ताकोटी दुध डेरी, लाइभ मिट जोन, ढकाल दुध डेरी, काभ्रे दुनोट पसल, पाथीभरा खाद्य स्टोर, न्यू चोङ्गा गणेश मिटसपलगायतको अनुगमन र निरिक्षण गरेको नगरपालिकाले जानकारी दिएको छ ।
सो क्रममा केहि दर्ता नभएका, केहिमा मुल्य सुचिन भएको, अधिकांसले उपभोग्य मिति सकिएका सामाग्रीहरु बेच्न राखेको, मासु पसल र खाजा घरमा फोहोर भेटिएको घिमिरेले बताइन् ।
बजार अनुगमन टोली समक्ष केही पसल संचालकले घरभेटीले गर्दा पसल दर्ता गर्न नपाएको बताए ।
दुवाकोटमा कपडा पसल संचालन गर्ने एक व्यवसायीले भनिन् घरको कागजपत्र छैन् भन्दै दिनु भएको छैन् हामी दर्ता गर्न पाएनौं ।
घरबहाल करको कारणले गर्दा दुवाकोटका धेरै घरधनीहरुले पसल संचालकसंग घरभाडा सम्झौता नगर्दा वडा कार्यालय र कर कार्यालयमा दर्ता गर्न नपाएको उप प्रमुख बाँस्तोलासंंग गुनासो गरेका छन् ।
अनुगमनको क्रममा राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यलय, सुरक्षाकर्मी, संचारकर्मीसहित चाँगुनारायण नगरपालिकाले बजार अनुगमन गरेको हो ।