प्रदेश-२ को नाम र राजधानी टुंगो लगाउन विशेष समिति गठन हुने

48

नकपुरधाम । प्रदेश नम्बर–२ को नाम र राजधानी टुंगो लगाउन विशेष समिति गठन हुने भएको छ ।

आज बस्ने प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवले ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ प्रस्ताव पेस गर्न लागेका हुन् । प्रदेशसभा बैठकको कार्यसूचीअनुसार दिउँसो १ बजे बस्ने बैठकमा नमावलीसहितको प्रस्ताव पेस हुनेछ

विशेष समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सहमति नजुटे चुनावी प्रक्रियाबाट नाम र स्थायी राजधानी तय हुनेछ ।जनता समाजवादी पार्टी (जसपा)ले मधेस नाम र जनकपुर राजधानी प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्मथन गरेका छन् ।

सत्तरूढ अर्को दल नेपाली कांग्रेसले मिथिला–भोजपुरा नाम र राजधानी जनकपुर प्रस्ताव गरेको छ । यद्यपि, कांग्रेसकै एक सांसदले वीरगन्ज राजधानीको प्रस्ताव दर्ता गराएका छन् ।

नेकपा (एकीकृत समाजवाद)ले जनक नाम र जनकपुर राजधानी प्रस्ताव गरेको छ भने उसको प्रस्तावलाई नेकपा (एमाले)ले सर्र्मथन गरेको छ । केही सांसदले नामका लागि मध्य मधेस पनि प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा अहिले १०४ सदस्य छन् । नाम र राजधानी टुंगो लगाउन दुईतिहाइ मत अर्थात् ७० प्रदेशसभा सदस्य आवश्यक पर्छ । मधेस प्रदेशको पक्षमा उभिएका जसपा, लोसपा र माओवादी केन्द्रका सांसदको संख्या ६२ पुग्छ । उनीहरूलाई दुईतिहाइ बहुमत पुर्‍याउन थप आठ सांसद आवश्यक पर्छ । जसपाका ३७, लोसपाका १६ र माओवादी केन्द्रका आठ सांसद छन् ।