आईएमई जीवन बिमा कम्पनीको तालिम सम्पन्न

96

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणका लक्ष्यहरू, आतङ्ककारी कार्यबाट सङ्कलित कालो धनलाई बिमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा अन्डरराइटिङ विषयमा तालिम दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुयाँल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाघन विभाग प्रमुख मनोज चौधरीे तालिममा सहभागी थिए।