नयाँ वर्षमा चन्द्रागिरि घुम्न जाँदै हुनुहुन्छ ? आइएमई पेबाट केबलकार टिकट काट्दा ३०% क्यासब्याक

52

काठमाडौं। आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक पाइने भएको छ। यो योजना अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले योजना ल्याएको हो।

त्यसैले योजना बिहीबारदेखि सुरु भएर शनिबारसम्म लागु हुनेछ।

आइएमई एपबाट खरीद गरिएको टिकटमा मात्रै मान्य हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आइएमई पे आइएमई ग्रुपद्वारा संचालित कम्पनी हो। आइएमई पेको ३५ हजार एजेण्ट आउटलेट रहेको जनाइएको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो।

यो एपमार्फत व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।