यसरी मनाए चिनियाँ नयाँ पानी टाइगर वर्ष २०२२

239

काठमान्डौ
चिनियाँ नयाँ पानी टाइगर वर्र्ष २०२२ भब्य रुपमा मनाईरहेका छन ।यो बर्ष मा चिनियाँहरु ले नयाँ वर्ष विश्व भर फैलिएर रहेका चीनियाँ जनताका लागि एक महत्त्वपूर्ण पर्व हो । चीनिया पात्रो र मितिहरू सूर्यमा आधारित नभई परम्परागत रूपमा चन्द्रमामा आधारित हुन्छन् । चीनियाँहरू नयाँ बर्षलाई ७ दिन सम्म मनाउने गर्दछन । बिदाको दिन साँझमा भेला भएर परिवारमा जम्मा भइ नयाँ नयाँ परिकारहरु बनाएर खाने गर्दछन । त्यो खानालाई “रेयुनिनल डिनर“ भन्ने गर्दछन । देश बिदेश मा रहेका आफन्तहरू नयाँ वर्षमा एकपल्ट यो समय आफ्नो परिवारलाई भेट्ने आउने गर्छन । खाना खाएर रमाइलो गर्नुको साथसाथै परिवार सँगै नयाँ वर्षको सन्ध्याको पर्व पनि भन्ने गर्दछन । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न टाढा टाढा माइतमा आउने रमाइलो गर्ने गर्दछन

 


नयाँ वर्षको पहिलो दिन आफ्नो हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारहरूसँग भेटघाट गर्ने गर्छन । वृद्ध तथा विवाहित मानिसहरू बच्चाहरूलाई रातो कागचवाला प्याकेटहरू दिन्छन । त्यो प्याकेट भित्र पैसा हुन्छ जुन भाग्यले दिएको विश्वास गरिन्छ ।चिनियाँहरू घुम्न जाँदा नयाँ कपडाहरू लगाएर जाने गर्छन्, जुन प्रायः रातो रङ्गमा हुने गर्छ । जब उनिहरू अरू मानिसलाई देख्छन्, उनिहरू शुभकामना दिन विशेष वाक्यांशहरू प्रयोग गर्ने गर्छन् । उनीहरू सुभकामनाको लागि म्यान्डारिन सुन्तला पनि साटासाट गर्छन् ।
नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन पर्व भनिन्छ । यस दिन घरघरमा परिवारहरू चिप्लो चामलबाट बनेको पकौडि तथा गुजिया पकाउछन् र यी परिकारहरूलाई मीठो (गुलियो) सुपसँग खान्छन् । चाइना अथवा चाइनाटाउनका गल्लीहरू राम्रा राम्रा लालटिनहरूले सजाइएका हुन्छन । यो दिनमा परम्परागत रूपमा युवक तथा युवतीहरूले आफ्नो जिवनसाथी छान्ने चलन रहिआएको छ ।