प्रधानमन्त्रीको जवाफ: एनसेल यहीँ छ,पुँजीगत लाभकर उठाउन कुनै समस्या छैन्

407

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजि क्षेत्रको एनसेल विक्रीको लाभकर जसरी पनि असुल गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार सार्वजनिक लेखा समितिमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एनसेलसँग कर लिने विषयमा सरकारले क्रेता र बिक्रेतालाई राखेर समुचित निर्णय लिने बताए । प्रचण्डले विदेशी लगानी र कर उन्मुक्तिका सम्बन्धमा सरकार गम्भीर रहेको जनाकारी दिए ।

एनसेल यहीँ छ। कर उठाउन कुनै अप्ठेरो छैन। राज्यले तदारुकता देखाउँदा कर उठाउन कुनै समस्या हुँदैन उठाउँछु उनले भने। एनसेल करको विषयमा मन्त्रिपरिषद बैठकमा मौखिक कुराकानी मात्र भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लिखित निर्णय केही पनि नभएको प्रष्ट पारे।

‘एनसेलका सम्बन्धमा औपचारिक रुपमा क्याविनेटमा छलफल भको छैन विषयको गाम्भिर्यताका हिसावले अनौपचारिक छलफल भको हो’ उनले भने । कर असुलीका सम्बन्धमा विगतमा गल्ती भएको भए सम्बन्धीत अधिकारीमाथि छानविन हुनुपर्ने उनले बताए । ‘एनसेल नेपालमै छ, कर उठाउन अप्ठ्यारो छैन । आवश्यक परे क्रेता र विक्रेतालाई बोलाएर छलफल र निकास निकाल्न सकिन्छ’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले एनसेल बिक्रीको पूँजीकर कर चाँडै असुल हुने समेत बताए । यसअघि अर्थमन्त्री कृष्णबहादुर महराको भनाइबाट सन्तुष्ट नभएपछि लेखा समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो ।