युवा नेता दिपक थापा सुर्यविनायक नगरपालिकाको मेयर पदको प्रमुख दाबेदार

593

मुलुक अहिले निर्बाचनमय भईरहेको स्थितिमा युवाहरुका ढुक ढुकी बन्न सफल भक्तपुरका युवा नेता तथा युवा संघ उपत्यका अञ्चल कमिटिका अधक्ष्य दिपक थापा सुर्यविनायक नगरपालिका भक्तपुर बाट मेयर पदका लागि एक प्रमुख दाबेदार बनेर उभिएका छन l बिस वर्ष पछि हुन लागेको स्थानयि तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वको लागि नेताहरुले उम्मेदवारी घोषणालाई तिव्रता दिएका छन ।
निर्वाचनको लागि पुराना तथा नयाँ अनुहारहरुले विभिन्न पदमा आफनो उम्मेदवारीलाई सार्बजानिक गर्न थालेका हुन । यसै बीच सुर्यविनायक भक्तपुर नगरपालिकाको प्रमुख (मेयर) को लागि पनि आकाक्षी धेरै देखिएका छन । ति मध्य एक हुन युवा संघ उपत्यका अञ्चल कमिटिका अधक्ष्य दिपक थापा l बिगत दशौ बर्ष देखि नेकपा एमाले युवा संघ बाट सक्रिय राजनीति गर्दै आएका दिपक थापा युवाहरु देखि लिएर सम्पूर्ण सुर्यविनायक नगरपालिकाको बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा उनको जित्ने सम्भाबना पनि प्रचुर रहेको जानकारी जानकारहरुले दिएका छन l
सुर्यविनायक नगर संगठन कमिटिको सचिबालय सदश्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इकाइको बरिष्ट सल्लाहाकार, सामुदायिक प्रहरी केन्द्र कटुन्जेका सदश्य, कटुञ्जे घट्टेखोला(लिफ्ट) जलश्रोत समितिका सदश्य तथा विभिन्न क्लबहरु संग आबद्द भई सामाजिक कार्य समेत गर्दै आएका थापा राजनीतिकर्मी मात्र नभएर एक समाजसेवीको रुपमा समेत चिर परिचित छन l युवा संघको क्षेत्रिय अधक्ष्य, जिल्ला अधक्ष्य हुदै युवा संघ उपत्यका अञ्चल कमिटिका अधक्ष्य रहेका दिपक थापा एक निडर, हक्की, स्वच्छ छबि तथा स्पष्टबक्ता युवा नेताको रुपमा परिचित समेत छन l
सुर्यविनायक नगरबासीहरुको जनमत अहिलेको परिस्थितिमा युवा नेता दिपक थापा संग रहेको र नागरिकहरुको जनलहर उनि प्रति रहेको जानकारी निकट श्रोतले गराएको छ । दिपक थापा नगरलाई हाक्न र यस क्षेत्रको विकासमा गति दिन पनि अपरिहार्य रहेको कुरा नगरबासीले जानकारी गराए । भक्तपुर सुर्यविनायक सास्कृतिक, धार्मिक तथा पर्यटकिय रुपले पनि धनि नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि युवा नेता दिपक थापाको आबस्यकता रहेको र सम्पूर्ण युवाहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ l यधपी मेयर पदका लागि पार्टीको निर्णयलाइ स्वीकार गर्ने सोचका साथ अघि बढेका दिपक थापाको राजनीति भिडन्त भने भक्तपुर एमाले पार्टीका शिर्ष नेताहरु संग हुने पक्का पक्कि देखिन्छ l युवा नेता दिपक थापा बाहेक बासुदेब थापा तथा शशि जंग थापाको समेत नेकपा एमाले बाट मेयर पदका लागि प्रमुख दाबेदार रहेका जानकारी समेत आएको छ l