भक्तपुरको मेयर को हो ?

2373

भक्तपुर
बैशाख ३१ गतेको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिका नगर कार्यपालिकामा को मेयर हुने भन्ने उत्सुकता वढेर गएको छ । नेपाल मजदुर किसान पार्टीको एकछत्र राज्य भएको यो नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले कसलाई मेयरमा उभ्याउँंदैछ भन्ने खुल्दुली भएको हो ।
प्रत्येक पटक मेयर, उपमेयरसहित वडाअध्यक्षसमेत जित्दै आएको यो नगरपालिकामा नेमकिपाको उम्मेदबारले जित्ने निश्चित जस्तै छ । यही कारण नेमकिपाले कसलाई उम्मेदबार उठाउँदैछ भन्ने खुल्दुली वढेको हो ।
बिभिन्न अड्कलहरु बाहिर आएता पनि यतिबेला पार्टीले युवाहरुलाई अगाडि ल्याउने समेत चर्चा चलेको छ । पार्टी स्रोत भन्छ, लामो समयसम्म बिद्यार्थी संगठन युवा संगठन हुँदै पार्टीको केन्द्रिय पदाधिकारी समेत रहेका युवाहरुले यो निर्वाचनमा उमेदवार बन्ने निश्चित छ । त्यसमध्ये सरोजराज गोसाईको नाम अग्रपन्थीमा रहेको पार्टी स्रोत बताउँछ । पार्टीले भने योबारे खुलेर भनेको छैन । पार्टीले प्रत्येक पटक आफना उम्मेदबार गोप्य राख्ने गर्दै आएको छ ।
झन्डै चार दशकदेखि आफूलाई मजदुर किसान पार्टीको सफल कार्यकर्ता हुँदै नेताको रुपमा परिचित बुद्धिजिवी बिभागको समेत काम गरिसकेको गोसाईलाई नै टिकट दिने सम्भावना वढी रहेको पार्टी स्रोत जनाउँछ । हाल उनी पार्टीको बुद्धिजिवी बिभाग अन्र्तगत प्राध्यापकहरुको संगठन प्राध्यापक समाज नेपालको अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनका साथसाथै पार्टीका भक्तपुर नगर समितिका अध्यक्ष रविन्द्र खर्वुजा, रविन्द्र ज्याख्वको पनि नाम मेयमा चर्चामा छ ।
यसो त पुराना मेयर प्रेम सुवालको नाम पनि मेयरको चर्चामा छ साथै पहिलाका उपमेयर चैतराज शाक्य, पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतीको नाम पनि चर्चाको शिखरमा नै भएपनि पार्टीले भने हाल सम्म आभिकारीक निर्णय गरि सकेको भने छैन ।
अहिलेको समयमा युवा पुस्ताको कुरा वुझ्ने युवा, पढेलेखेका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने एकथरीको भनाई छ । देश हाक्ने युवाको मनोभाबना बुझेर समय अनुसार काम गर्नसक्ने शिक्षित व्यक्तिलाई अगाडि ल्याउनुपर्ने युवा सूर्यराम श्रेष्ठ बताउँछन् ।
नेपाल मजदुर किसान पार्टीको वर्चस्व रहेका कारण काँंग्रेस, एमाले, माओवादीलगायतका ठूला दलका कसैले पनि कुनै पनि पदमा उम्मेदवार बन्ने दावी गर्न सकिरहेका छैनन् । अन्य नगरपालिकामा दशैंको संख्यामा आकाक्षी रहेपनि भक्तपुर नगरमा भने हाल सम्म कुनै पनि पार्टीका कोही आकाक्षी वाहिर आएको पाइन्न । पछिल्लो स्थानीय निर्वाचनमा पनि यो नगरपालिकामा मेयर, उपमेयरसहित वडा अध्यक्षहरुसमेत नेमकिपाले नै वर्चस्व जमाएको थियो । नेमकिपा इतरका सम्पूर्ण दलहरु एक भएर उम्मेदबारी दिंदा पनि नेमकिपाले नै यो नगरमा विजयी हासिल गरेको थियो ।