उठाइयो हात नभएको लिंगो

446

रेणु त्वानाबासु
भक्तपुर
भक्तपुमा बिहीबार दिउँंसो हात नभएको लिङ्गो उठाइएको छ । विहान १० बाट उठाउन सुरु गरिएको लिंगो साढे १२ बजे उठाउन सफल भयो । प्रत्येक वर्षको अन्तिम दिन भक्तपुरको पोटरी स्क्वयरमा लिंगो उठाउने परम्परा छ ।
लिङ्गो त्यहाँको स्थानीय प्रजापतिहरुको टोलीले उठाउने गरिन्छ । लिङ्गो उठाउनलाई त्यहाँको प्रजापति समूहबाट सबै व्यवस्थापन गरिन्छ । यो धार्मिक जात्राको लागि कुनै सरकारी निकायबाट सहयोग आउदैन ।
तीन वटा डोरीको प्रयोगबाट लिंगो उठाइएको हो । यो लिङ्गो उठाउन चनसी (उठेजतिको लिंगो नढल्ने गरी सपोर्ट गर्ने) को प्रयोग गरिन्छ । खास यो लिङ्गो चनसीको सहायताबाट नै उठाइन्छ ।
ठाउँं अभाब रहेकोले झ्यालझ्यालबाट डोरीले तानेर उठाइन्छ । साथसाथै तलबाट पनि सपोर्ट गरिन्छ । यो लिङ्गो ५ रात ६ दिनमा उठाई राख्दछ । र छैंटों दिन अर्थात वैशाख ५ गते प्रत्येक वर्ष यो लिंगो ढाल्ने परम्परा छ ।
भक्तपुरमा दूई थरिको लिङ्गो उठाउने चलन छ । हात भएको लिङ्गो र हात नभएको । प्रत्येक वर्षको अन्तिम दिन साँंझ भक्तपुरको भेलुखेलमा हात भएको लिंगो उठाउने चलन छ ।