टन्सिल प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् । टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।
टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।
यो धेरैजसो सबैलाई हुने भए पनि बच्चा वा १८–२० वर्षका वयस्कहरुलाई हुने गर्दछ । जिब्रोको माथिल्लो भागदेखि कण्ठनलीको माथिल्लो भाग वा फारिनेक्ससम्म सुनिन थाल्दछ र केही निल्दा दुख्न थाल्छ । शरीर पूरा दुख्ने ज्वरो आउने समेत हुन्छ । कसैलाई यो भन्दा बढी समस्याहरु पनि देखिन थाल्दछ । टन्सिल पाक्दै गएमा पिप आउने, सेतो देखिने गर्दछ । यस्तो. अवस्थामा मुख गन्हाउने, खाना, पानी पिउन नहुने हुन्छ । यस्तो समस्या देखिन थालेमा तुरुन्त उपचार गर्न लाउनुपर्दछ ।
घरमा नै गर्न सकिने उपचारहरु पनि हुन्छन्, जुन घाँटी दुखेमा नुनपानीले कुल्ला गर्ने हाम्रो पुरानो चलन नै छ, फिटकिरी पानीले पनि कुल्ला गर्न सकिन्छ । अदुवा, लसुनपानीले घाँटी गार्गलिङ गरे पनि सञ्चो हुँदै जान्छ । मह र कागतिको रस मिसाई टन्सिल भएको ठाउँमा लगाउँदा राम्रो हुन्छ । तातोपानी पिउनु, मुखबाट सास फेर्नु, कपुर मालिस तेल बाहिरबाट लगाउँदा दुखाई कम हुन्छ । तुलसीको पात पकाएर खाँदा ज्वरो हराउने पनि हुन्छ । अर्जवाइनको रस पकाएर खाँदा समेत फाइदा हुन्छ ।
झोलिलो कुराहरु प्रशस्त मात्रामा खाँदा फाइदा हुन्छ । घाँटीको व्यायम श्वासप्रश्वास सम्बन्धी व्यायाम, योग–सिंहासन, उज्ययी प्रणायाम अनुलम–विलोमले पनि फाइदा गर्छ । साथै गाह«ो भइरहेको समस्या कम नभएको अवस्थामा राम्रो चिकित्सकलाई देखाउनुपर्दछ । जडीबुटी, हर्बल आयुर्वेदिक, होमियोप्याथी औषधिले यसलाई निको पार्न त सक्छ तर जथाभावी औषधी भने खानुहुँदैन ।
कसरी हुन्छ टन्सिल ?
जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ । मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् । यदि टन्सिलमा पीपहरु भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर टन्सिलाइटिस भन्दछन् । टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ ।यदि पुरै टन्सिल सुनिएर एकै नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।
लक्षणहरु
सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुनछ
भोक नलाग्ने र अल्छि लाग्न सक्छ्
बिस्तारै ज्वरो आउन थाल्छ
टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ
त्यसपछि पनि निक्लिन थाल्छ
पिप बग्ने वा सुजन हुनछ
लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन
के हो त टन्सिलको उपचार?
सामान्य अवस्थामा घाँटी दुख्दा घरमै तातो झोलीय पदार्थहरू प्रशस्त खाने, मनतातो पानीले कुल्ला गरेर बिरामीले आराम गर्नु आवश्यक हुन्छ। दुखाइ बढ्दै गएर ज्वरो आउने, जोर्नीहरु दुख्नेजस्ता समस्याहरु देखिएमा ज्वरो घटाउने र दुखाइ कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नुपर्छ । टन्सिलको अवस्था हेरी एन्टिबायोटिकसमेत खानुपर्ने हुन्छ तर, कतिपयले आफूखुसी एन्टिबायोटिक खाने गर्नुहुन्छ। यस्तो गर्नु हुँदैन सकेसम्म टन्सिलको लक्षण देख्नबित्तिकै हामीले घरमै उपचार गर्न सकिन्छ। जसले टन्सिलाको जटिलताबाट बच्न सकिन्छ।
उपचार
आराम गर्नु पर्छ
झोल कुराहरु खानु पर्छ
ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ
चिसो र चिल्लो वाट टाडै रहनु पर्छ ।